
दार्चुला— सामुदायिक विद्यालयमा जारी आन्दोलनबीच रघुजी पन्तले शिक्षामन्त्रीको रूपमा शपथ लिनुभएको छ। आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति पौडेलले पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गर्नुभएको हो। पन्तले पूर्व शिक्षामन्त्री विद्या भट्टराईको राजीनामापछि पद सम्हाल्नुभएको हो। भट्टराईले गएको सोमवार राजीनामा दिनुभएको थियो।
तीन हप्तादेखि आन्दोलनमा रहेका सामुदायिक विद्यालयका शिक्षकहरूको माग सम्बोधन गर्दै शिक्षा क्षेत्रलाई पुनः नियमित गराउनु पन्तको प्रमुख चुनौती हुनेछ।