कञ्चनपुर – कञ्चनपुरमा श्रीमान र श्रीमती चट्याङमा परेका छन् ।

चट्याङमा परेर श्रीमतीको ज्यान गएको छ भने श्रीमान गम्भीर घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार जिल्लाको शुक्लाफाँटा नगरपालिका–१२ तिल्कीका २४ वर्षीय लालमती रानाको ज्यान गएको छ ।

सँगै रहेका श्रीमान २८ वर्षीय रतन सिंह राना घाइते भएका छन् । आइतबार बिहान हावाहुरीसँगै परेको चट्याङमा राना दम्पति परेका हुन् ।

रतनलाई उपचारको लागि धनगढी ल्याइएको प्रहरी नायव उपरीक्षक बोहराले बताए ।

बगरमा लगाइएको तरकारी टिप्न राना दम्पति बगर बारीमा पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय