दार्चुला, वैशाख २४ – नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई बैतडी–दार्चुला सडक खण्डलाई “प्रेम सिंह धामी लोकमार्ग” नामाकरण गर्न सिफारिस गरिएको छ। मालिकार्जुन गाउँसभा र जिल्ला सभा दार्चुलाको संयुक्त निर्णयका आधारमा सो सिफारिस गरिएको हो।

स्वर्गीय प्रेम सिंह धामी भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीका रूपमा कार्यरत रहँदा सो सडक खण्डको बजेट सुनिश्चित गर्न निर्णायक भूमिका खेलेका थिए। आर्थिक वर्ष २०५२/५३ मा बजेट अपुग भएपछि मन्त्री पद त्याग गर्ने घोषणा गर्दै बजेट ल्याउन दबाब दिएका धामीको योगदान अहिले पनि स्मरणीय छ।

धनगढी–दार्चुला सडकको अन्य खण्डहरू पूर्व प्रधानमन्त्री भीमदत्त पन्त र पूर्व शिक्षा मन्त्री दशरथ चन्दको नाममा नामाकरण भइसकेका छन्। सोअनुसार स्व. धामीको जन्मभूमि र कर्मभूमि पर्ने बैतडीको सतबाँझदेखि दार्चुलाको तिंकरसम्मको सडक खण्ड उहाँकै नाममा समर्पण गर्दा जनभावनाको सम्मान हुने सिफारिसकर्ताहरूको विश्वास छ।

सिफारिस पत्रमा मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरा सिंह धामीको हस्ताक्षर रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय