धनगढी- “गरौं योग, रहौं निरोग” भन्ने मूल नाराका साथ आजबाट धनगढी उपमहानगरपालिका–३, शिवमन्दिर केन्द्र टोलमा रहेको तक्षशिला ज्ञान आश्रम‌ मा पाँच दिनसम्म सञ्चालन हुने ज्ञान विज्ञान योग शिविर को शुभारम्भ भएको छ।

शिविरको आयोजना विश्व हिन्दू परिषद नेपाल, सुदूरपश्चिम प्रदेश ले गरेको हो भने पतञ्जली योग समिति, धनगढी उपमहानगरपालिका वडा नं. ३ कार्यालय र तक्षशिला ज्ञान आश्रमको विशेष सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको छ। उद्घाटन समारोहमा धनगढी उपमहानगरपालिका वडा न ३ का वडाध्यक्ष प्रमुख अतिथि रहेका थिए भने विभिन्न योग प्रशिक्षक, समाजसेवी, स्थानीय अगुवा तथा श्रद्धालुहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

शिविर प्रत्येक दिन बिहान ४:०० बजेदेखि ६:०० बजेसम्म सञ्चालन हुनेछ, जसमा योगासन, प्राणायाम, ध्यान, आयुर्वेदिक जीवनशैली र आहारसम्बन्धी अभ्यासहरू गराइनेछ। साथै, रोग निवारणका लागि योगको वैज्ञानिक पक्ष तथा मानव स्वास्थ्यमा यसको प्रभावबारे जानकारी पनि दिइने विश्व हिन्दु परिषद् नेपाल सुदूरपश्चिम  अध्यक्ष महेन्द्र राज पन्तले जानकारी दिनुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य प्रस्तुत गर्दै उहाँले योगलाई दैनिक जीवनमा अपनाउन आग्रह गर्दै यसले मानसिक शान्ति, शारीरिक सुदृढता र आध्यात्मिक उन्नतिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नु भएको छ ।

कार्यक्रममा बोल्दै धनगढीको महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजबहादुर ऐरले योगले मान्छेको जीवनमा सकारात्मक परिवर्तन ल्याएको र मान्छेको क्षमता समेत बढाउने आफूले अनुभव उहाँले बताउनु भयो । उहाँले भन्नु भयो “सबैले आफ्नो लागि थोरै भएपनि समय निकाल्ने हो भने विभिन्न रोगबाट समेत बाँच्न सकिने मेरो अनुभव छ”। साथै धनगढी उपमहानगरपालिका यस्ता कार्यक्रमकोलागि सदैव सकारात्मक रहने बताउनु भयो ।

उक्त शिविरमा सबै उमेर समूहका व्यक्तिहरूको खुला सहभागिता सुनिश्चित गरिएको छ। आयोजक संस्थाले आगामी दिनहरूमा यस्ता कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय