
धनगढी- विश्व हिन्दू परिषद नेपालले सदुरपश्चिम प्रदेशकाे आयाेजनामा सुरु भएको ५ दिवसीय नि:शुल्क ज्ञान बिज्ञान याेग शिविर सम्पन्न भएको छ ।
धनगढी उप महानगरपालिका वडा नं ३ काे तक्षशिला ज्ञान आश्रमकाे प्राङ्गणमा २०८२ बैशाख २५ गते शुरु भएकाे याेग शिविर २९ गते देव यज्ञ हवन गरि सम्पन्न भएकाे हाे । प्रत्येक दिन बिहान ४.३० बजे देखि ६.०० बजे सम्म संचालन भएकाे शिविरमा मुख्य याेग प्रशिक्षकमा श्री काशी नाथ भट्ट पतन्जली याेग समिति सुदुरपश्चिम प्रभारि,धर्मराज काेईराला पतन्जलि याेग हरिद्वारका संस्थापक सदस्य,मदन राज पाण्डेय संरक्षक पातन्जल याेग समिति नेपाल तथा हेमन्त ओझा पतन्जली याेग समित कैलालीका मार्ग दर्शकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको उद्घाटन र समापन सत्रमा धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजबहादुर ऐर प्रमुख अतिथिको रुपमा रहेका थिए। कार्यक्रमको समापनमा बोल्दै वडाध्यक्ष ऐरले आगामी वर्षको बजेटमा वडास्तरबाटै योग केन्द्र सञ्चालन गर्ने गरेर बजेट तर्जुमा गर्ने समेत प्रतिबद्धता गरेका छन्।
कार्यक्रमकाे अध्यक्षता विश्व हिन्दू परिषद् नेपाल सुदुरपश्चिम प्रदेश अध्यक्ष महेन्द्र राज पन्त रहेका थिए भने संयाेजकमा शिव मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष गज बहादुर ऐरि तथा सह संयाेजक शिव मन्दिर याेग केन्द्रकि संयाेजक पुष्पा जाेशी रहनु भएकाे थियाे । पाँच दिनसम्म सञ्चालन भएको निशुल्क ज्ञान विज्ञान योग शिविरमा करिब १५० जना भन्दा बढिकाे सहभागिता रहेकाे थियाे ।