धनगढी: कञ्चनपुरको कृष्णपुरमा जिपको ठक्करबाट एक जना पैदल यात्रीको ज्यान गएको छ।

मंगलबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत कृष्णपुर नगरपालिका–२ स्थित बङ्क चौकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बोलेरो जिप सुप प्र। ०१–००१ ज १६८३० ले पैदल हिँडिरहेका ५० वर्षीय महेन्द्र विष्टलाई ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएका विष्टको उपचारका क्रममा धनगढीस्थित निसर्ग अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

घटनापछि प्रहरीले जिप चालक बझाङको छबिसपाथिभेरा गाउँपालिका–२ का २१ वर्षीय रवि रोकायालाई नियन्त्रणमा लिएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय