
दार्चुला — महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदनअनुसार दार्चुला जिल्लाका स्थानीय तहहरूमा देखिएको बेरुजुमध्ये सबैभन्दा बढी बेरुजु ब्याँस गाउँपालिकामा देखिएको छ। प्रतिवेदनअनुसार ब्याँस गाउँपालिकाले कुल खर्चको ३.८८ प्रतिशत रकम बेरुजु गरेको छ।
त्यसपछि दोस्रो धेरै बेरुजु देखिएको स्थानीय तह शैल्यशिखर नगरपालिका हो, जसले ३.५७ प्रतिशत बेरुजु गरेको महालेखा प्रतिवेदनमा उल्लेख छ। तेस्रो स्थानमा महाकाली नगरपालिका रहेको छ, जहाँ १.२८ प्रतिशत बेरुजु देखिएको छ।
सबैभन्दा कम बेरुजु देखिने स्थानीय तह अपिहिमाल गाउँपालिका हो, जहाँ जम्मा ०.३८ प्रतिशत बेरुजु छ।
अन्य स्थानीय तहको बेरुजु प्रतिशत यसप्रकार छ:
लेकम गाउँपालिका — २.१७ प्रतिशत
मालिकार्जुन गाउँपालिका — ०.७१ प्रतिशत
ब्याँस गाउँपालिका —३:८८ प्रतिशत
दुहुँ गाउँपालिका — ०.८३ प्रतिशत
मार्मा गाउँपालिका — १.५४ प्रतिशत
नौगाड गाउँपालिका — ०.८२ प्रतिशत
महालेखा परीक्षकको प्रतिवेदनले स्थानीय तहमा खर्चको पारदर्शिता र जवाफदेहिता आवश्यक रहेको देखाएको छ।