काठमाडौँ– संसद्का प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म प्रतिनिधि सभाको कारबाही अघि बढ्न नदिने अडान लिएको छ।

सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको आजको बैठक सुरु गरेपछि सबै प्रतिपक्षी दलका सांसदले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख घिमिरेले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद वर्षमान पुनलाई बोल्ने समय दिएका थिए।

सांसद पुनले यो हप्ताभर सार्वजनिक सञ्चारमाध्यममा त्रिभुवन विश्वविद्यालय अध्यागमनमा ‘भिजिट भिसा’ मा भ्रष्टाचार भएको चर्चा चलेको उल्लेख गदै सामान्य नागरिक जो काम गर्न बाहिर जान्छन् उनीहरूलाई रु. ५० लाखदेखि रु। तीन करोडसम्म उठाइएको भन्ने तथ्य आएको बताए।

मुख्य आरोपी सहसचिव तीर्थराज भट्टराईलाई गृहमन्त्रीले नै त्यहाँ पठाएको आरोप लगाउँदै त्यस विषयमा अनुसन्धान हुनुपर्ने प्रतिपक्षी दलको माग छ। गृहमन्त्री रमेश लेखक कानुन र मानव अधिकार क्षेत्रबाट आएको उनले यसअघि धेरै नेतामाथि नैतिकताको विषय उठाएको उनको राजीनामा माग गरे।

“गृहमन्त्री लेखकको सचिवालय यसमा जोडिएकाले अनुसन्धान गर्ने निकाय सबै गृहमन्त्री मातहत रहेकाले गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धानका लागि मार्ग प्रशस्त गरिदिनुपर्छ, उहाँले राजीनामा दिनुपर्छ, राजीनामा नआएसम्म संसद्को प्रक्रिया अघि बढ्दैन,” सांसद पुनले भने।

गृहमन्त्रीलाई कांग्रेसको ‘क्लिनचीट’

विपक्षी दलहरूले गृहमन्त्री राजीनामा माग्दै यो प्रकरणलाई चर्काउने तयारी गरिरहेको बेलामा कांग्रेसले भने क्लिनचिट दियो। सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता डा। प्रकाशशरण महतले विपक्षले संसद् अवरोध गर्नुपर्ने कुनै आधार नरहेको जिकिर गरे।

उनले भने, ‘गृहमन्त्रीको विषयलाई लिएर संसद् अवरोध गरिराख्नुपर्ने कुनै आधार नै छैन । न उहाँ छानबिनको दायरामा हुनुहुन्छ न कसैले उहाँलाई ठोस रूपमा आरोपित गरेर आरोप दर्ता गरेको अवस्था छ । केही पनि छैन । विनाआधार अफवाहकै आधारमा संसद् अवरोध हुन थाल्यो भने त कुनै अर्थ हुँदैन ।’

प्रवक्ता डा।महतले यस्ता अफवाहको सिकार कांग्रेसकै नेताहरू समेत भएको बताए । बैठकमा गृहमन्त्री रमेश लेखकले उक्त प्रकरणको सविस्तार व्याख्या गर्दै कुनै संलग्नता नरहेको प्रष्टीकरण दिएपछि कांग्रेस गृहमन्त्रीले राजीनामा दिनु नपर्ने निष्कर्षमा पुगेको थियो।

त्यति मात्रै होइन, गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने शेखर कोइराला, राजेन्द्र बजगाईँ र सुनिल शर्मालाई स्पष्टीकरण सोध्नसम्मको प्रस्ताव बैठकमा भयो।

एमाले भन्छ- राजीनामा माग्नु हतारो हुन्छ

एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतम अहिले गृहमन्त्रीलाई सार्वजनिक रूपमा अभियोग मात्रै लागेको भएकाले विपक्षीले राजीनामा माग्नु उपयुक्त नहुने बताउँछन्।

उनले भने, ‘संवैधानिक निकायहरूको अनुसन्धान र अभियोजनको क्रममा जारी छ। छानबिनलाई कमजोर बनाउने गरी अगाडि बढ्नु मनासिब देखिँदैन। त्यसबारे कोको संलग्न छन्, को छानबिनमा तानिन्छन् भन्ने अनुसन्धान हुन दिनुपर्छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय