दार्चुला, मंसिर ०६ । नेपाली कांग्रेस दार्चुलाले मंसिर ७ गते (भोली) हुने सातौ जिल्ला अधिवेशनको तयारी पुरा भएको जनाएको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत दार्चुला जिल्लाको सातौ जिल्ला अधिवेशन हुन गइरहेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति सचिव हरक सिंह विष्टले जानकारी दिए । सातौ जिल्ला अधिवेशनबाट नेपाली कांग्रेस दार्चुलाले नयाँ नेतृत्व पाउने पनि उनले वताए । भोली मंगलबार विहान ११ बजे सदरमुकाम स्थित खुल्ला मञ्चमा उद्घाटन गर्ने गरी तयारी तिब्र भएको सचिव विष्टले बताए ।
सातौ जिल्ला अधिवेशनको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कानुन मन्त्री दिलेन्द्र प्रसाद बडूले उद्घाटन गर्ने कार्यक्रम तय भएको उनले बताए ।
नेपाली कांग्रेस पार्टीको विधान अुनसार दार्चुला कांग्रेसले यसअघि वडा अधिवेशन, पालिका र क्षेत्रिय अधिवेशन सम्पन्न गरी सकेको छ । दार्चुलाका नौ वटै स्थानिय तहका ६१ वटै वडाहरुमा वडा अधिवेशन सम्पन्न गरी पालिका अधिवेशन गरेको कांग्रेसले आईतबार हिजो मात्रै क्षेत्रिय अधिवेशन सम्पन्न गरेको छ । वडा, पालिका र क्षेत्रिय अधिवेशन सम्पन्न गरी सकेको कांग्रेसले अब जिल्ला अधिवेशन गर्न लागेको हो ।

जिल्ला अधिवेशनबाट जिल्ला कार्यसमितिमा नयाँ नेतृत्व आउने छ, भने महाधिवेशन प्रतिनिधि समेत चयन गरी पठाइने कांग्रेस दार्चुलाले जनाएको छ । कांग्रेसका नेता कार्यकर्ताहरुले सहमतीमै जिल्ला देखी केन्द्र सम्मको नेतृत्व चयन होस भन्ने चाहाना राखेको भए पनि यसअघि सम्पन्न वडा, पालिका र क्षेत्रिय अधिवेशनको परिणामले जिल्लामा पनि चुनाव हुने निश्चित जस्तै देखिएको छ । यद्यपी याहाका सबै जसो नेताहरुले सहमतीमै नेतृत्व चयन होस भन्ने चाहेका छन् ।
आधिकारिक रुपमा निर्वाचन समितिले तोकेको समयमा मनोनयन दर्ता गर्ने पक्रिया भए पनि कांग्रेस जिल्ला सभापतिका लागी नेताहरुले आ–आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत यस अघि नै आ–आफ्नो उम्मेदवारी घोषणा गरी सक्नु भएको छ । सभापति पदका लागी वर्तमान सभापति ललित सिंह बोहराले जिल्लाको अपिहिमाल गाउँपालिकाको कार्यक्रम मार्फत आफ्नो उम्मेदवारी घोषणा गरी सक्नु भएको छ, भने वर्तमान उपसभापति तथा शैल्यशिखर नगरपालिकाका नगर प्रमुख अमर सिंह धामीले मालिकार्जुन मन्दिर मडमा गएर उम्मेदवारी घोषणा गर्नुभएको थियो । यस्तै जिल्ला उपसभापतिका लागी युवा नेता उमेश खत्रीले पनि फेसबुक मार्फत आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।
दार्चुलाबाट महाधिवेशन प्रतिनिधिको रुपमा केन्द्रमा को को जाने भन्ने बारे भने नेताहरुले खासै कुरा बाहिर ल्याएका छैनन् । एक दुई जना युवा नेताहरुले फेसबुक मार्फत उम्मेदवारी घोषणा गरी प्रचार प्रसार गरेको भए पनि अरु नेताहरुले भने अहिले सम्म नाम सार्वंजनिक गरेका छैनन् । महाधिवेशन प्रतिनिधिमा लामो समय कांग्रेसको सक्रिय राजनितिमा रहेका पाका नेताहरुले आकांक्षा राखेको बुझिएको छ ।

जिल्लाबाट केन्द्रमा जानका लागी २७ जना चयन हुने विधानमा व्यवस्था रहेको सचिव विष्टले बताए ।
अधिवेशनबाट जिल्लामा सभापति १ जना, उपसभापति २ जना, सचिव २ जना र सहसचिव २ जना आउने व्यवस्था रहेको छ । सातौ जिल्ला अधिवेशनको उद्घाटन सत्र सकेर बन्द सत्र सुरु हुने जनाइएको छ । जिल्ला अधिवेशनका लागी कानुन मन्त्रि दिलेन्द्र प्रसाद बडू आइतबार राती नै गृह जिल्ला दार्चुला आइपुग्नु भएको छ । नेपाली कांग्रेसले केन्द्रको अधिवेशन मंसिर २४, २५ र २६ गते काठमाण्डौंमा गर्नेगरी तयारी थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय