
धनगढी–शिक्षा र संस्कारको सङ्गम चैतन्य पाठशालाको भगेनि संस्था चैतन्य तेक्वान्दो डोजाङले आयोजना गरेको चैतन्य तेस्रो प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ ।
जेठ १५ गते देखि सुरु भएको प्रतियोगिता आज अर्थात् १७ गते पाठशालाकै फुटसलमा एक भव्य कार्यक्रमको बिच सम्पन्न भएको हो । चैतन्य ग्रुप अफ कम्पनीका अध्यक्ष गणेश प्रसाद जोशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा ओलम्पियन तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का राष्ट्रिय टिम तयारी निर्देशक दीपक विष्टको प्रमुख आतिथ्यता र नेपालको राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रमुख प्रशिक्षक जगत् टमटाको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सुदूरपश्चिमका प्रत्येक जिल्लाका एक एक टिम र आयोजक समूहका दुई टिम गरेर ११ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगितामा २४ जना निर्णायक (रेफ्री)हरू प्रतिस्पर्धामा निर्णायकको भूमिकामा रहेका थिए । प्रतियोगिताको
प्रतियोगितामा ७ स्वर्ण ५ काश्य गरी १२ पदक सहित प्रथम हुन सफल टिम कैलालीले नगद ५० हजार ट्रफी मेडल र प्रमाण पत्र सहित सम्मान गरिएको हो । ६ स्वर्ण ३ रजत र ४ काश्य गरी १३ पदक प्राप्त गर्दै दोस्रो हुन सफल टिम कञ्चनपुरलाई नगद ३० हजार ट्रफी मेडल र प्रमाण पत्र सहित सम्मान गरिएको हो । २ स्वर्ण ७ रजत र २ काश्य सहित ११ पदक प्राप्त टिम आयोजकले नगद २० हजार नगद ट्रफी मेडल र प्रमाण पत्र सहित सम्मान गरिएको हो ।
साथै प्रतियोगिताको उत्कृष्ट पुरुष फाइटर अन्तरगत टिम कैलालीका डिल्लीराज जोशी र महिला फाइटरमा आयोजकबाट रोशनी बडाललाई ट्रफी मेडल र नगद ५ हजार सहित सम्मान गरिएको छ ।
समापन कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का राष्ट्रिय टिम तयारी निर्देशक दीपक विष्टले सुदूरपश्चिममै पहिलोपटक सेन्सर सिस्टमबाट आयोजना गरिएको यो खेलले खेलाडी निर्णायक हरुलाई समेत नयाँ अनुभव भएको बताउनु भयो । देशको माया र खेल पर्तीको माया भएमा जस्तो अवस्थामा पनि खेल्न सकिने र सफल हुने भनाई प्रस्तुत गर्नु भयो । उहाँले भन्नु भयो “विद्यालय स्तरमा यस्तो कार्यक्रम हुनु खेल क्षत्रको लागि ठुलो अवसर हो । यसले नयाँ खेलाडीको उत्पादन र पुराना खेलाडी लाई अवसर समेत प्रदान गर्ने छ”।
यस्तै कार्यक्रमका सभापति समेत रहेका चैतन्य ग्रुप अफ कम्पनीका अध्यक्ष गणेश प्रसाद जोशीले चैतन्य पाठशाला केवल विद्यार्थीलाई किताबका पानमा रहेका शब्द भन्दा बृहत् रूपमा र विद्यार्थीको समग्र विकाशमा केन्द्रित रहेको बताउनु भयो । उहाँले भन्नुभयो “चैतन्य पाठशाला समाजको सारथिको रूपमा अगाडी बढ्ने प्रयासमा रहेको छ । समाजमा रहेका आर्थिक अवस्था कमजोर रहेका र शिक्षाको पहुँच बाहिर रहेका विद्यार्थीलाई चैतन्यले विशेष ग्राह्यता दिने छ” । साथै उहाँले चैतन्यले खेलकुद र अन्य क्षेत्रमा समेत सहयोग र सहकार्य गर्दै आएको र आगामी दिनमा निरन्तरता दिने बताउनु भयो ।
कार्यक्रमकै अवसरमा चैतन्य पल्स टु क्रिकेट प्रतियोगिता समेत सम्मपन्न गरिएको छ । कार्यक्रमका विशिष्ट अतिथि नेपालको राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रमुख प्रशिक्षक जगत् टमटाकोको सहभागितामा सम्मपन्न कार्यक्रममा क्रिकेटमा प्रथम हुन सफल टिम चैतन्य पाठशालालाई नगद १० हजार ट्रफी मेडल प्रमाण पत्र सहित सम्मान गरिएको छ ।