दार्चुला, मंसिर ०७ । नेपाली कांग्रेस दार्चुलाको सातौ महाधिवेशन उद्घाटन सत्र सम्पन्न भएको छ । कांग्रेस जिल्ला कार्य समिति दार्चुलाका सभापति ललित सिह वोहराको सभापतित्वमा सम्पन्न उद्धघाटन सत्रका प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा नेपाल सरकारका कानून न्याँय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडू रहनु भएको थियो ।
उद्धघाटन सत्रलाई सम्वोधन गर्दै मन्त्री वडूले कांग्रेस पार्टी देशमा परेका जुनसुकै संकटको समाधान गर्ने संजिवनि बुटी रहेको वताएका हुन्न ।
देशमा संकट परेका बेला कांग्रेस त्यो संकटको औषधी बनेर उभिने भन्दै तत्कालिन नेपाल कम्युनिष्ट पार्टीले समाप्त पारेको संसद्लाई बचाएर कांग्रेस नेपालको संविधान र समस्याको औषधी बनेको उनको भनाई छ । केपि ओली नेतृत्वको सरकारले नेपाली जनताको त्याग र बलिदानीले जारी भएको संविधान मास्न खोजे पछि कांग्रेस संविधानको रक्षा गर्न सरकारमा आएको बताए ।
त्यस्तै जिल्ला कार्यसमितिको नेतृत्व र महाधिवेशन प्रतिनिधिहरु सहमतीमै चयन गरिने बताए । नेपाली कांग्रेस पार्टी सबै अटाउने पार्टी भएको भन्दै उनले सबैलाई समेटेर सहमतीमै जिल्लाको नेतृत्व चयन गर्ने बताए ।
जिल्लाका सबै भेग समेटेर कांग्रेसलाई जिल्लामा नयाँ नेतृत्व दिने उनले ठोकुवा गरे । विधानमा भएको व्यवस्था अनुसार जिल्लाका सबैजसो जात जाति, समुदाय र वर्गलाई समेटेर कांग्रेस पार्टीलाई हिमाल, पहाड तराई मिलेर सुन्दर नेपाल देश बने जस्तै बनाउने उनले बताए ।
नेपालमा जारी भएको नयाँ संविधान पछिको पहिलो अधिवेशन भएको भन्दै उनले जनता, सर्वहारा वर्ग र सबै नेपालीलाई समेट्ने गरी अधिवेशन सम्पन्न गर्ने बताए । सातौं जिल्ला अधिवेशनबाट जिल्ला कार्य समितिका पदाधिकारी र केन्द्रीय महाधिवेशन प्रतिनिधिहरु चयन हुने नेपाली कांग्रेस दार्चुलाले जनाएको छ
मन्त्री बडूले जिल्लाको नेतृत्व सहमतीमै चयन गर्ने भने पनि वर्तमान सभापति ललित सिंह बोहरा र उपसभापति अमर सिंह धामीले सभापति पदका लागी यस अघि नै सामाजिक सञ्जाल फेसबुक मार्फत आ–आफ्नो उम्मेदवारी घोषणा गरिसक्नु भएको छ । यस्तै स्रोतका अनुसार महाधिवेशन प्रतिनिधिका लागी धेरै जसो नेताहरुले आकांक्षा राखेको बुझिएको छ । अहिले कांग्रेसको बन्दसत्र चलिरहेको छ ।