दार्चुला — आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत सरकारले सुनमा २ प्रतिशत विलासिता कर र हिरा–पत्थरमा १३ प्रतिशत कर लगाएको निर्णयको विरोधमा दार्चुलाका सुनचाँदी व्यवसायी आन्दोलित भएका छन्। बिहीबार उनीहरूले सबै सुनचाँदी पसल बन्द गरेर विरोध जनाएका हुन्।

केन्द्रीय सर्कुलरको आधारमा एकसाथ देशैभर आन्दोलन चर्किएसँगै दार्चुलाका व्यवसायीहरू पनि सडकमा उत्रिएका हुन्। उनीहरूको मुख्य माग, सुनमा लगाइएको विलासिता कर र हिरा–पत्थरमा तोकिएको कर तत्काल खारेज गरिनुपर्छ भन्ने रहेको छ।

सुनचाँदी व्यवसायी संघ तदर्थ समिति दार्चुलाका अध्यक्ष सन्तोष दयालीका अनुसार, सुनको भन्सार शुल्क ६ प्रतिशतमा कायम गरिनु पर्ने मागसहित सरकारले सुनचाँदी व्यवसायको लागि स्पष्ट नीति र नियमावली निर्माण गर्नुपर्ने आवश्यकता छ।

उनका अनुसार, यिनै मागहरूलाई लिएर सरकारले चाँडो निर्णय नगरे थप आन्दोलनको तयारी व्यवसायीहरूमा देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय