धनगढी-टिकटकमार्फत डोटेली कमेडीमा भाइरल बनेका ह्यारी कार्कीले नयाँ देउडा डिजे गीत ‘मेरा कञ्चनपुर’ मार्फत फेरि दर्शकको ध्यान तानेका छन्।

शुक्रवार सार्वजनिक भएको गीत कार्कीकै युट्युब च्यानलबाट रिलिज गरिएको हो।लोकप्रिय गायक कुलेन्द्र परियारको दमदार स्वर र संगीत रहेको यस गीतमा शब्द ह्यारी कार्कीले आफैं लेखेका छन्। देउडा र डिजिटल शैलीको मेलमिलाप गीतको मुख्य विशेषता बनेको छ।

भिडियोमा ह्यारी कार्कीसँगै मन्नु भट्ट र विनय चन्द ले अभिनय गरेका छन्। रमेश बिजुली बिसीको निर्देशन र कोरियोग्राफी, शंकर साउँदको सम्पादन तथा दया चौधरीको छायाङ्कनले गीतलाई जीवन्त बनाएको छ।

कैलाली–कञ्चनपुरका रमणीय स्थलहरू  महेन्द्रनगर, टिकापुर पार्क, कर्णाली चिसापानी जस्ता पर्यटकीय स्थलमा छायाङ्कन गरिएको भिडियोले दृश्यात्मक सौन्दर्य थपेको छ। जुम प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको यस भिडियोमा ह्यारी कार्कीले पहिलेभन्दा अझ परिपक्व अभिनय प्रस्तुत गरेका छन्। सामाजिक सञ्जालमा पहिचान बनाइसकेका ह्यारीले यसअघि पनि थुप्रै देउडा गीतहरूमा अभिनय गरेका थिए। ‘मेरा कञ्चनपुर’ मार्फत उनले मनोरञ्जनसँगै सुदूरपश्चिमको संस्कृति र सौन्दर्यलाई उजागर गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय