कैलाली-लम्कीचुहा नगरपालिका–२ बगौराका १६ वर्षीय किशोर हिक्मत भण्डारी एक सातादेखि सम्पर्कविहीन बनेका छन्। मिति २०८२ साल जेठ २४ गते (६ जुन २०२५) को दिन उनी “फुपुको घर जान्छु” भनेर घरबाट निस्किए पनि त्यसयता परिवारसँग सम्पर्कमा आएका छैनन्।

हिक्मतले निस्कनु अघि लम्कीचुहा–२, बघनियामा रहेको आफन्तको घर जाने बताएका थिए। तर, ती आफन्तकहाँ समेत नपुगेको जानकारी प्राप्त भएको छ। परिवारले आफन्तजन, छरछिमेक, साथीभाइ तथा सम्भावित स्थानहरूमा खोजी गरे पनि हालसम्म उनको कुनै पत्तो लागेको छैन।

हराएका हिक्मतको उमेर १६ वर्ष रहेको छ। उनको उचाइ करिब ५ फिट रहेको छ। हराउने बेला उनले नेपालको राष्ट्रिय क्रिकेट टिमको जर्सी (निलो रंगको) लगाएका थिए। उनी सामान्य शरीर बनोटका छन् र कालो कपाल भएका छन्।

परिवारका सदस्यहरू अत्यन्तै चिन्तित छन्। हिक्मतका अभिभावकले उनका साथीभाइ, पढाइ, व्यवहार आदिमा कुनै अस्वाभाविक कुरा देखिएको थिएन भनी बताएका छन्। “उहाँ घरबाट सहजै निस्कनुभएको थियो, हामीले सामान्य भेटघाट गरेर जानुभएको हो भन्ठानेका थियौं,” एक आफन्तले बताएका छन्, “तर त्यसपछि उहाँ सम्पर्कविहीन भएपछि निकै डर लागिरहेको छ।” उनका बुवा मोतीराम भण्डारी भन्छन् ।

परिवारले सुरक्षा निकायमा समेत जानकारी गराइसकेको छ। साथै, सामाजिक सञ्जालमार्फत अपिल गर्दै, यदि कसैले देख्नु वा भेट्नु भएको छ भने तुरुन्तै सम्पर्क गरिदिन आग्रह गरेका छन्।

हराएका किशोरबारे विवरण:

नाम: हिक्मत भण्डारी

ठेगाना: लम्कीचुहा नगरपालिका–२, बगौरा, कैलाली

उमेर: १६ वर्ष

उचाइ: करिब ५ फिट

पहिरन: नेपालको राष्ट्रिय क्रिकेट टिमको जर्सी

हराएको मिति: २०८२/०२/२४ (६ जुन २०२५)

अन्तिम रूपमा देखिएको स्थान: लम्कीचुहा–२, बगौरा क्षेत्र

सम्पर्क नं.: 9769860857

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय