दार्चुला – दार्चुलाको दुहुँ गाउँपालिकाले भारतीय दूतावासमार्फत नयाँ एम्बुलेन्स प्राप्त गरेको छ। नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत भारतीय दूतावास, काठमाडौंले दुहुँ गाउँपालिकालाई एक थान एम्बुलेन्स हस्तान्तरण गरेको हो।

पेंशन कार्यालयका प्रमुख लेफ्टिनेन्ट कर्णेल प्रशान्त सिंह बगेलले उक्त एम्बुलेन्स दुहुँ गाउँपालिकाका वडाध्यक्ष गोबिन्दसिंह डडाललाई औपचारिक रूपमा हस्तान्तरण गरेका थिए। गाउँपालिकाका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडालको पहलमा उक्त सहयोग प्राप्त भएको हो।

गाउँपालिकाले भारतीय दूतावासलाई सहयोगप्रति आभार व्यक्त गर्दै यस प्रकारको सहयोगले दुहुँ गाउँपालिका क्षेत्रका नागरिकहरूलाई आपतकालीन स्वास्थ्य सेवा प्रदान गर्न ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।

कार्यक्रममा सहभागी भारतीय दूतावासका प्रतिनिधिले नेपाल–भारत सम्बन्ध सधैं पारिवारिक र आत्मीय रहेको उल्लेख गर्दै यस्ता सहकार्यहरू आपसी मित्रता र सहयोगको गहिरो प्रतीक रहेको बताएका थिए। भारतले प्रत्येक वर्ष नेपालका विभिन्न स्थानीय तह र संस्थाहरूलाई यस्तै प्रकारका सहयोगहरू प्रदान गर्दै आएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय