दार्चुलामा ढुङ्गा लाग्दा गम्भीर घाइते भएका प्रहरी जवानको उपचारका क्रममा निधन

दार्चुला — दार्चुलाको निसिलस्थित थागिलमा मंगलबार बिहान ढुङ्गा लागेर गम्भीर घाइते भएका प्रहरी जवान दिपेन्द्र पालको उपचारका क्रममा ज्यान गएको छ।

खर काट्न गएका पालको टाउकोमा माथिबाट खसेको ढुङ्गा लागेपछि उनी गम्भीर घाइते भएका थिए। स्थानीयले तुरुन्त उद्धार गरी जिल्ला अस्पताल दार्चुला पुर्याए पनि उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी छत्र बहादुर रावतले जानकारी दिनुभयो।

केही दिनअघि मात्रै बिदामा घर आएका पालको दरबन्दी काठमाडौंमा रहेको र उनी हाल बैतडीमा कार्यरत रहेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय