दार्चुला मंसिर ०७ । मंगलवार नेपाली कांग्रेस दार्चुलाको सातौ जिल्ला अधिवेशन उद्धघाटन सत्रमा विभिन्न पाटी परित्याग गरि कांग्रेस प्रवेश गर्नेको जिल्लामा ओईरो लागेको छ । नेपाल कम्युनिष्ट पाटी एमाले र माओवादी केन्द्र पाटी परित्याग गरि २ दर्जन वढी नेता कार्यकर्ताहरु कांग्रेस पाटी प्रवेश गरेको जिल्ला कार्य समिति सचिव हरक सिह विष्टले वताए ।
जिल्लाको महाकाली नगरपालिका वडा नम्बर १ धम्पनेराका स्थानीय एमाले गाउँ कमिटि सचिव तथा मिडिया विकास समाज नेपाल दार्चुलाका पुर्व अध्यक्ष मदन सिंह धामी लगायत २ दर्जन वढी नेता कार्यकर्ताहरुले कांग्रेस प्रवेश गरेको सचिव विष्टले वताए ।
कांग्रेस दार्चुलाको वन्द सत्र सकिए सँगै उम्मेदवारी दर्ताको काम भैरहेको नेताहरुले वताएका छन । यो समाचार तयार पार्दा सम्म जिल्ला कार्य समिति सभापति ललित सिह वोहराले पुन सभापति पदका लागि उम्मेदवारी दर्ता गरेको वुझीएको छ ।