
दार्चुला, मंसिर ०८ । नेपाली कांग्रेस दार्चुलाको सातौं जिल्ला अधिवेशन अन्तरगत महाधिवेशन प्रतिनिधिका लागी ५९ जनाले आफ्नो मनोनयनपत्र दर्ता गराएका छन् । अधिवेशनको बन्दसत्रमा नेताहरुका बिचमा सहमति जुट्न नसकेपछि निर्वाचनका लागी मनोनयनपत्र दर्ता गराएका हुन् । दार्चुलाबाट महाधिवेशन प्रतिनिधिका लागी महिला प्रत्यक्षबाट ५ जनाले मनोनयनपत्र दर्ता गराएका छन् । महिला प्रत्यक्षबाट ४ जना महिला महाधिवेशन प्रतिनिधिका लागी चयन हुने भए पनि ५ जनाको उम्मेदवारी परेको नेपाली कांग्रेस निर्वाचन अधिकृतको कार्यालय दार्चुलाले जनाएको छ ।
महिला प्रत्यक्ष तर्फ यसोदा तिंकरी, शान्ति देवी बम, राजमती पाल, ईश्वरी जोशी र नन्दा बमले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै महाधिवेशन प्रतिनिधि प्रत्यक्ष खुल्ला पुरुषबाट दान बहादुर विष्ट, लाल बहादुर धामी, अम्भा दत्त जोशी, विक्रम सिंह धामी, गणेश राज भट्ट, लोकेन्द्र सिंह लोथ्याल, कर्ण बहादुर बम, जगदिश बहादुर पाल, सुरेन्द्र प्रसाद अवस्थी, महादेव बडू, धिरेन्द्र साउँद, गौरीशंकर गिरी, नन्दन सिंह बडाल, शम्भु प्रसाद जोशी मान सिंह बुढाथोकी, इन्जिनियर जयराज विष्टले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी केशव सिंह भण्डारी, नरेन्द्र सिंह धामी, दिलिप सिंह बुढाथोकी, मदन गिरी, हरक सिंह विष्ट, चन्द्र सिंह सामन्त, गणेश सिंह बुढाथोकी लाल सिंह धामी, गोपाल दत्त जोशीले उम्मेदवारी दर्ता गराएको केन्द्रीय प्रतिनिधि तथा निर्वाचन अधिकृत देवराज अवस्थीले जानकारी दिनुभयो । महाधिवेशन प्रतिनिधि प्रत्यक्ष खुल्ला पुरुषबाट १० जना प्रतिनिधि चयन हुनेछन् । खुल्ला पुरुषबाट २५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
महाधिवेशन प्रतिनिधि खस आर्य महिला समानुपातिकबाट ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ४ जना प्रतिनिधि चयन हुनेभए पनि ८ जनाले उम्मेदवारी दर्ता गराएको उहाले बताउनुभयो । खस आर्य महिला समानुपातिकबाट शान्ति धामी, देवकी देवी बोहरा, सुना जोशी, संगिता चन्द, ललिता बम, द्रोपती डागा, सुना बोहरा र आनन्दी पन्त भट्टले उम्मेदावरी दर्ता गराएका छन् । महाधिवेशन प्रतिनिधि खसआर्य खुल्ला समानुपातिक पुरुषबाट १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ५ जना को प्रतिनिधित्व मात्रै रहेको उक्त पदमा पुर्ण सिंह बोहरा, करविर सिंह कार्की, रमेश दत्त भट्ट, सुरेन्द्र बहादुर बम, कर्ण बहादुर खडायत, सुरेन्द्र अवस्थी, वीर सिंह शाहु, गणेश दत्त जोशी, दिवाकर जोशी, गोकर्ण बहादुर चन्द, कृष्ण प्रसाद भट्ट छत्ती, मोहन देव पन्त, पदमराज पन्त र धन सिंह जागरी गरी १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै महाधिवेशन प्रतिनिधि दलितमा गोर्वधन कोलीले उम्मेदवारी दिएका छन् । महाधिवेशन प्रतिनिधि अपाङ्ग अल्पसंख्यकबाट विष्णु दत्त मिश्र, बासु देव ऐतवाल, चक्र सिंह ह्याकी, ओम प्रकाश तिंकरी, विनोद सिंह बोहरा र केशव राज बडूले उम्मेदवारी दर्ता गराएका छन् । अपाङ्ग अल्पसंख्यक पदमा १ जनाको मात्रै सिट छ । दार्चुलाबाट २५ जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधि चयनका लागी भोली विहान ९ बजे देखी मतदान हुने जनाइएको छ ।