दार्चुला मंसिर ०८। नेत्रबिक्रम चन्द (विप्लप) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दार्चुलाले लेकम गाउँपालिकाको एम्बुलेन्स नियन्त्रणमा लिएको छ ।

राती बिहेको सामान बोकिरहेको अवस्थामा एम्बुलेन्स नियन्त्रणमा लिइएको वुझिएको छ । लेकमको एम्बुलेन्समा स्थानीयबाट मदिरा ओसारपसार गर्ने, लुकिछिपि बिरामीबाहेकका यात्रुहरुलाई बोक्ने लगायत विभिन्न गुनासो आउन थालेपछि मंगलबार राती १० बजे ऐरीछानाबाट नियन्त्रणमा लिइएको विप्लव दार्चुलाका सचिव भरत मल्लले जानकारी दिए ।

लेकमबाट बिरामी ल्याउन ऐरीछाना गएकोमा एक्कासी विप्लप कार्यकर्ताले एम्बुलेन्सको चाबी मागेर एम्बुलेन्स नियन्त्रणमा लिएको चालक धर्मानन्द पन्तले वताए ।

 

सु.प.प्र ०२००१ च ८५० नम्बरको एम्बुलेन्स विप्लव दार्चुलाको नियन्त्रणमा रहेको बताइएको छ । मंगलवार राति १० बजे नियन्त्रणमा लिएको एम्बुलेन्स फिर्ता गर्ने विषयमा कुरा भइरहेको छ । ्

बिरामी बोक्नुपर्ने एम्बुलेन्सले अन्य सामाग्री र यात्रुहरु बोक्न थालेपछि नियन्त्रणमा लिनुपरेको विप्लप नेकपाका नेताहरुले प्रतिक्रिया दिएका छन् । विप्लपले ऐरीछानाबाट प्रक्राउ गरेको एम्बुलेन्सबाट बिहेको सामान बरामद गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय