दार्चुला, मंसिर ०८। नेकपा माओबादी केन्द्र दार्चुलाको तीन पालिका र ३८ वडामा सहमतिमै नेतृत्व चयन भएको छ ।
बुधबारसम्म जिल्लाका ६१ मध्ये ३८ वडाहरुमा नयाँ नेतृत्व चयन भएको नेकपा माओबादी केन्द्र दार्चुलाले जनाएको छ । बाँकी रहेको २३ वडामा पनि चाँडै वडा सम्मेलन सम्पन्न गर्ने गरी तयारी भइरहेको वुझिएको छ ।

दार्चुलाको मार्मा गाउँपालिका, नौगाड गाउँपालिका र शैल्यशिखर नगरपालिकामा माओबादीले पालिका सम्मेलन समेत सम्पन्न गरिसकेको छ । बाकी रहेका गाउँपालिका तथा नगरपालिकाहरुमा सम्मेलन आयोजना गर्न कार्यतालिका सार्वजनिक गर्ने विषयमा छलफल भइरहेको नेताहरुले बताएका छन् ।

लेकम गाउँपालिकामा मंसिर ७ गते सम्मेलन गर्ने तयारी भएपनि नेकपा माओबादी केन्द्रको प्रदेश कमिटी बैठक परेकोले सम्मेलन स्थागित गरिएको छ । अपिहिमाल गाउँपालिकामा मंसिर १४ गते सम्मेलन आयोजना हुने बताइएको छ ।

माओबादीले शैल्यशिखर नगरपालिकामा कर्णबहादुर भण्डारीको अध्यक्षतामा नगर कमिटी चयन भएको छ । मार्मा गाउँपालिकामा नरबहादुर बिष्ट र नौगाड गाउँपालिकामा धनिराम सिह ठगुन्नाको नेतृत्वमा गाउँकमिटी चयन भएको छ । हालसम्म लेकम, मार्मा, शैल्यशिखर र नौगाडका सबै वडामा सम्मेलन भइसकेको छ ।

बाँकी वडा र पालिकामा मंसिर महिनामै सम्मेलन आयोजना गर्ने तयारी छ । बुधवारको प्रदेश कमिटी बैठकले सम्मेलनको विषयमा थप निर्णय गर्ने नेता हरुले वताएका छन ।

नेकपा माओबादी केन्द्रका केन्द्रिय अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड समेत बुधवार पार्टी कार्यक्रममा सहभागि हुन धनगढी पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय