दार्चुला, मंसिर ०८ । जिल्लाकै सर्वाधिक धनराशी भएको पुरुष भलिवल प्रतियोगिता सेमिफाईनमा पुगेको छ ।
व्यासँ गाउँपालिकाको सान, युवा खेलाडीको सम्मान, सदभाव, शान्ती र सम्वृद्धि हाम्रो पहिचान ,,भने मुल नाराका साथ यहि मंसिर ४ गते उद्धघाटन गरिएको प्रतियोगित बुधवार सेमिफाईनल पुगेको आयोजकले जनाएको छ ।

जम्मा १२ टिममा बुधवार भएको खेलमा आयोजक र ब्याँस गाउँपालिका विचको प्रतिस्पर्धामा आयोजकले लगातार ३ सेट आफ्नो पक्षमा लिदै सेमिफाईनमा प्रवेश गरेको छ । त्यस्तै दुहुँ र हिमालय मा.वि हुति विच भएको खेलमा लगातारको ३ सेट आफ्नो पक्षमा लिएको दुहुँको टिमपनि सेमिफाईनलमा पुगेको छ । मार्मा गाउँपालिका र आर्दश युवा समाज विच भएको प्रतिस्प्रर्धामा लगातारको ३ सेट आफ्नो पक्षमा लिएको मार्मापनि सेमिफाईनमा प्रवेश भएको छ ।

त्यस्तै शैल्य शिखर नगरपालिका र अपि हिमाल गाउँपालिकाको टिम विच भएको प्रतिस्पर्धामा शैल्यशिखर नगरपालिकाले २ सेट आफ्नो पक्षमा लिएको छ भने अपिहिमाल गाउँपालिकाले १ सेट आफ्नो पक्षमा लिएको छ । समय अभावका कारण ४ सेट विचमै रोकिन पुगेको छ यो खेल भोली विहान ९ वजे पुन संचालन हुने आयोजकले जनाएको छ ।

विहिवार सेमिफाईन र फाईनल खेल खेलाईने भएका छन । यसै विच कार्यक्रममा सास्कृतिक कार्यक्रम पनि रहेने भएको छ । राष्ट्रिय स्तरका कलाकारहरुलाई समेत कार्यक्रममा वोलाईएको छ । अंजली अधिकारी, सुरेस शाही, पुष्पा वोहोरा लगायतको उपस्थिति रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताको प्रथम पुरुस्कार १ लाख ११ हजार १११ रुपैयाँ शिल्ड मेडल राखिएको छ । यस्तै द्वितीय पुरुस्कार ५५ हजार ५५५ रुपैयाँ शिल्ड मेडल रहेको छ । सबै खेलमा उत्कृष्ट खेलाडी, वेष्ट डिफेन्डर, वेस्ट सटर, वेस्ट स्पाईकर, र अनुशासित टिमलाई ट्रफि प्रदान गरिने आयोजनकले जनाएको छ । उदयमान खेलाडीको सहभागिता गराउने गरि छाङ्गरु खेलकुद तथा सांस्कृतिक समितिलेले खेल संचालन गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय