दार्चुला, मंसिर ०८ । लामो समयको वार्तामा सहमति जुट्न नसके पछि नेपाली कांग्रेस दार्चुलाको जिल्ला कार्य समितिका सबै पदाधिकारीका लागी चुनाव हुने भएको छ । सातौं जिल्ला अधिवेशनको बन्दसत्र मार्फत सहमति जुट्न नसके पछि सभापति लगायत केहि पदाधिकारीका लागी चुनाव हुने नेपाली कांग्रेस निर्वाचन अधिकृतको कार्यालय दार्चुलाले जनाएको छ ।

सहमति नजुटे पछि ४१ पदाधिकारीका लागी ६६ जनाले मनोनयनपत्र दर्ता गराएका छन् । सुरुमा ७८ जनाले मनोनयनपत्र दर्ता गरेका थिए भने पछि उम्मेदवारी फिर्ता लिने समयमा १२ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिए संगै अब ६६ जनाले विभिन्न पदहरुमा प्रतिस्पर्धा गर्नेछन् ।

जिल्ला कार्य समितिको सभापति पदका लागी वर्तमान सभापति ललित सिंह बोहरा र उपसभापति अमर सिंह धामीले उम्मेदवारी दर्ता गराएका छन्, भने उपसभापति पदका लागी ९ जनाले उम्मेदवारी दर्ता गराएकोमा ३ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

उपसभापतिका लागी उमेश सिंह खत्री, दान सिंह तिंकरी, पदमराज पन्त, महादेव बडू कश्यप, महेन्द्रराज जोशी, मान बहादुृर बम, ललित सिंह ठगुन्ना, लाल सिंह धामी र सन्तोष कुमार सिंह ऐतवालले उम्मेदवारी दर्ता गराएका थिए । ति मध्ये दान सिंह तिंकरी, पदमराज पन्त र महेन्द्रराज जोशीले उम्मेदवारी फिर्ता लिएको कार्यालयले जनाएको छ ।

यस्तै सचिव पदका लागी देव सिंह धामी, पुलेन्द्र बहादुर कार्की, महेन्द्र प्रसाद बडू, महेश सिंह धामी, माधवराज भट्ट, विर सिंह डडाल र रुपेन्द्र सिंह धामीले उम्मेदवारी दर्ता गराएकोमा रुपेन्द्र सिंह धामीले उम्मेदवारी फिर्ता लिए संगै सचिवमा ६ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् । सहसचिव पदका लागी ५ जनाले उम्मेदावरी दर्ता गराएकोमा १ जनाले फिर्ता लिएका छन् । सहसचिव पदमा उम्मेदवारी दर्ता गराएका सुना बोहराले फिर्ता लिए पछि अब जयानन्द जोशी, राजु अवस्थी, राजेन्द्र प्रसाद जोशी र सन्तोष दयालीका बिचमा चुनावी प्रतिस्पर्धा हुनेछ ।

यसैगरी जिल्ला कार्यसमिति सदस्य पद गाउँपालिका र नगरपालिकाबाट २० जनाका लागी २७ जनाले उम्मेदवारी दर्ता गराएकोमा ३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । अब उक्त पदका लागी २४ जनाले प्रतिस्पर्धा गर्नेछन् । खसआर्यबाट जिल्ला कार्य समिति सदस्यमा ७ जना आउने छन् ।

खसआर्यबाट १४ जनाले उम्मेदवारी दर्ता गराएकोमा १ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । जिल्ला कार्य समिति महिला सदस्यमा भने पद संख्या भन्दा कम उम्मेदवारी परेको छ । ४ जना महिला सदस्य रहने विधानमा व्यवस्था भए पनि ३ जनाको मात्रै उम्मेदवारी परेको छ । यस्तै २ जना दलित सदस्यका लागी ६ जनाले उम्मेदवारी दर्ता गराएकोमा १ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

आदिवासी जनजातीबाट धिरन सिंह बुढाथोकीको एकल उम्मेदवारी परेपछि उनि निर्विरोध चयन भएका छन्, भने अपाङ्गता अल्पसंख्यकमा २ जनाको उम्मेदवारी परेको छ । निर्विरोध चयन भएका र पद संख्या भन्दा कम उम्मेदवारी परेका पदहरुमा बाहेक सबै पदहरुमा चुनाव हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । भोली विहान ९ बजे देखी बेलुकी ४ बजे सम्म मतदान हुने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय