दार्चुला, मंसिर ०९ । जिल्लाकै सर्वाधिक धनराशी भएको पुरुष भलिवल प्रतियोगिता फाईनमा पुगेको छ । व्यासँ गाउँपालिकाको सान, युवा खेलाडीको सम्मान, सदभाव, शान्ती र सम्वृद्धि हाम्रो पहिचान ,,भने मुल नाराका साथ यहि मंसिर ४ गते उद्धघाटन गरिएको प्रतियोगित बिहिवार फाईनलमा पुगेको आयोजकले जनाएको छ ।

फाईनमा दुहुँ गाउँपालिका र आयोजक प्रवेश गरेको छ । विहिवार नै फाईनल गर्ने गरी योजना वनाएको आयोजकले समय अभावका कारण खेल सम्पन्न गर्न सकेन । भोली शुक्रवार खेल सम्पन्न हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको प्रथम पुरुस्कार १ लाख ११ हजार १११ रुपैयाँ शिल्ड मेडल राखिएको छ । यस्तै द्वितीय पुरुस्कार ५५ हजार ५ सय ५५ रुपैयाँ शिल्ड मेडल रहेको छ । सबै खेलमा उत्कृष्ट खेलाडी, वेष्ट डिफेन्डर, वेस्ट सटर, वेस्ट स्पाईकर, र अनुशासित टिमलाई ट्रफि प्रदान गरिने आयोजनकले जनाएको छ । उदयमान खेलाडीको सहभागिता गराउने गरि छाङ्गरु खेलकुद तथा सांस्कृतिक समितिले खेल संचालन गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय