आमाको छातीमा लात हान्ने कोको ?
कोहौ के मनमा लियौ भन सबै कुन कारणैले गरि
हान्यौ लात निसर्मि हौ सुन यहाँ यो देशका हौ अरि
रुवायौ जननि निष्ठुर तिमि हौ यो रिस केको थियो
नेता दोषी भए उनै सित गइ हुर्मत लिनु पो थियो
धर्तिको कुन गल्ति हो भन यहाँ कोहौ तिमि भन्नु होस
आमाको मुटु पोलियो यसघरि तिम्रो भलाइ नहोस
मेचि हो शिर मध्यमा मुटु जल्यो कालि नदि पश्चिम
उत्तर को पर्खाल हो हिमचुलि ढोका खुला दक्षिण
नेपला हरु स्वाभिमानी सब हौं यो देशका रक्षक
नेपालि हरु कर्म योगि सब हौं यो देशका सेवक
आफ्नो कर्म महा लगाइ दिनरात बस्ने सधा माहुरी
कर्मठ माहुरि को चका बिचमहा आयो विप्पत को हुरि
यस्तै हुन्छ विपत्ति यो मुलुकमा रानो बिना माहुरी
राष्टै भष्म हुने बगत भइ गयो हामि रहेछौ कुरि
उठनै भर्छ विपत्ति को छणमहा यो राष्ट रक्षा गरौ
आमा रोइ रहेकि यो विपतिमहा यिनको विपत्ति हरौं
खोज्नै पर्छ यि दुष्ट हेर जति छन यो राष्ट का भक्षक
कोटि कोटि नेपालि हो उठ सबै यो देशका रछक
आगो नै जब दनकियो मुलुक मा हाम्रा धरोहर सबै
सारा भष्म भए खरानि हुन गो बिर्सन्न यो ता कबै
यो कोहो कुन शक्ति हो मुलुकमा आगो बल्यो राष्टमा
पुर्खाको बदनाम भो जगतमा खिल्लि छ परराष्ट्र मा
गोर्खालि विर हौ भनेर पहिले ठाडो थियो गर्धन
निचो भै रहनु पर्यो अब कठै त्यो मान भो मर्दन
के लेखु मन रुन्छ यो बखतमा सारा कपुतै भयौ
लाजै छैन नकर्चा सब भयौ सारै पछौटे भयौ!
फेरि दम्भ छुटेन यो मुलुकका नेता हरुको यहाँ
मै निर्दोष अरु दोषी हुन भनि कठै उर्लि रहेछौ कहाँ
यसलाइ ठट्टा नठान तिमिले उर्लिन्छ जनता अब
दोषी लाइ समाउने बखत भो फेर चेत होला तब
खोज्नै पर्छ यि दुष्ट हेरु जति छन हे राष्टका प्रहरी
निर्दोष पर्नु हुदैन दोषी जति छन खोज्नोस सबै यो घरि जेन्जि बालकको अनादर नहोस देशमा निकासै हवस
सारा बालक घांति को मुलुकमा सर्वस्व नासै हवस
प्यारो राष्ट जोगाउने बखत हो सेना तथा प्रहरी
रास्ट्रै जान्छ कि सर्वभौम यसको जागा रहौ हरघरि!!!
✍️ कविता रेवाधर जोशी
लेेकम -२ दार्चुला
