दार्चुला, मंसिर ०९ । जिल्लाको व्यास गाउँपालिका वडा नम्बर १ को छाङरू र तिङ्करमा जनगणना गर्न गएको टोलीलाई हेलिकप्टर मार्फत जिल्ला ल्याईएको छ । उक्त क्षेत्रमा जनगणना गरी सके पश्चात टोलीलाई बिहीबार हेलिकप्टरमार्फत खलंगा ल्याइएको हो। जिल्ला प्रशासन कार्यालय दार्चुलाले पटक पटक भारतीय मार्गको लागी भारतिय प्रशासनलाई पत्राचार गरेको भएपनि भारतले अनुमति नदिएका कारण टोली नेपालको वाटो हुँदै मंसिर ३ गते उक्त ठाउँमा जनगणना गर्नको लागी गएको थियो ।

उक्त क्षेत्रवाट दार्चुला सदरमुकाम आउने नेपालतर्फ उपयुक्त बाटो नहुदा हेलिकप्टरमार्फत खलंगा ल्याइएको हो । जोखिमपूर्ण बाटोमा तीन दिन पैदल हिडेर छाङरू र तिकंर पुगेका सहायक जिल्ला जनगणना अधिकारी खगेन्द्र कार्की नेतृत्वको टोलीलाई सुर्खेतबाट आएको हेलिकोप्टरले खलंगा ल्याएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

तिङ्करका केही बासिन्दा जनगणना गर्नुपुर्व नै बेँसी झरिसकेकोले छुट भएकाहरूको जनगणना गर्न गणकलाई जिम्मा दिईएको जनगणना अधिकृत पदमराज पाण्डेले जानकारी दिए । दार्चुलामा जनगणना सम्पन्न भैसकेको छ । जिल्ला जनगणना कार्यालय दार्चुलाका अनुसार ६१ वटै वडाको जनगणना सम्पन्न भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय