दार्चुला, मंसिर ०९ । नेपाली कांग्रेस दार्चुलाको सातौँ जिल्ला अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ । जिल्ला कार्य समिति र केन्द्रीय महाधिवेशन प्रतिनिधि चयनका लागि कुल मतको ९२ प्रतिशत मत खसेको निर्वाचन अधिकृत देवराज अवस्थीले जानकारी दिए ।
कुल १ हजार ४३ जना मतदाता मध्ये ९ सय ५६ जनाले मतदान गरेको उनले वताए । जिल्लाको क्षेत्र नम्वर (क) का ४ सय ५६ मतदाता मध्ये ४ सय १८ मतदाताले नेतृत्व चयनका लागी मतदान गरेका छन । क्षेत्र (ख) का ५ सय ८७ मतदाता मध्ये ५ सय ३८ मतदाताले नेतृत्व चयनका लागी मतदान गरेका छन । मतगणना राती ९ वजेवाट शुरु गरिने निर्वाचन समितिले जनाएको छ । विहान साढे ११ बजेबाट सुरु भएको मतदान साझ साढे ६ वजे सम्पन्न भएको हो ।
जिल्ला कार्य समिति ४२ र केन्द्रीय महाधिवेशन प्रतिनिधिमा २५ जना चयन हुनेछन् । ४२ जना जिल्ला कार्य समितिका लागि ६६ र २५ जना महाधिवेशन प्रतिनिधिका लागि ५९ जनाले चुनाव लडेका थिए । जिल्ला सभापतिका लागि बर्तमान जिल्ला सभापति ललित सिह बोहरा र उपसभापति अमर सिह धामी प्रतिष्पर्धा भएको हो । केन्द्रीय महाधिवेशन प्रतिनिधिमा महिला प्रत्यक्ष तर्फ यसोदा तिंकरी, शान्ति देवी बम, राजमती पाल, ईश्वरी जोशी र नन्दा बमले उम्मेदवारी दिएका थिए ।
यस्तै महाधिवेशन प्रतिनिधि प्रत्यक्ष खुल्ला पुरुषबाट दान बहादुर विष्ट, लाल बहादुर धामी, अम्भा दत्त जोशी, विक्रम सिंह धामी, गणेश राज भट्ट, लोकेन्द्र सिंह लोथ्याल, कर्ण बहादुर बम, जगदिश बहादुर पाल, सुरेन्द्र प्रसाद अवस्थी, महादेव बडू, धिरेन्द्र साउँद, गौरीशंकर गिरी, नन्दन सिंह बडाल, शम्भु प्रसाद जोशी मान सिंह बुढाथोकी, इन्जिनियर जयराज विष्टले उम्मेदवारी दिएका थिए ।
यसैगरी केशव सिंह भण्डारी, नरेन्द्र सिंह धामी, दिलिप सिंह बुढाथोकी, मदन गिरी, हरक सिंह विष्ट, चन्द्र सिंह सामन्त, गणेश सिंह बुढाथोकी लाल सिंह धामी, गोपाल दत्त जोशीले उम्मेदवारी दिएको थियो । महाधिवेशन प्रतिनिधि प्रत्यक्ष खुल्ला पुरुषबाट १० जना प्रतिनिधि चयन हुनेछन् । खुल्ला पुरुषबाट २५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । महाधिवेशन प्रतिनिधि खस आर्य महिला समानुपातिकबाट ८ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।
४ जना प्रतिनिधि चयन हुनेभए पनि ८ जनाले उम्मेदवारी दर्ता गराएका थिए। खस आर्य महिला समानुपातिकबाट शान्ति धामी, देवकी देवी बोहरा, सुना जोशी, संगिता चन्द, ललिता बम, द्रोपती डागा, सुना बोहरा र आनन्दी पन्त भट्टले उम्मेदावरी दर्ता गराएका थिए । महाधिवेशन प्रतिनिधि खसआर्य खुल्ला समानुपातिक पुरुषबाट १४ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।
५ जना को प्रतिनिधित्व मात्रै रहेको उक्त पदमा पुर्ण सिंह बोहरा, करविर सिंह कार्की, रमेश दत्त भट्ट, सुरेन्द्र बहादुर बम, कर्ण बहादुर खडायत, सुरेन्द्र अवस्थी, वीर सिंह शाहु, गणेश दत्त जोशी, दिवाकर जोशी, गोकर्ण बहादुर चन्द, कृष्ण प्रसाद भट्ट छत्ती, मोहन देव पन्त, पदमराज पन्त र धन सिंह जागरी गरी १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै महाधिवेशन प्रतिनिधि दलितमा गोर्वधन कोली सर्वसम्मत चयन भएका छन् । महाधिवेशन प्रतिनिधि अपाङ्ग अल्पसंख्यकबाट विष्णु दत्त मिश्र, बासु देव ऐतवाल, चक्र सिंह ह्याकी, ओम प्रकाश तिंकरी, विनोद सिंह बोहरा र केशव राज बडू प्रतिष्पर्धा गर्दैछन् ।