दार्चुला, ११ । नेपाल उद्योग वाणिज्य संघ दार्चुलाको अध्यक्षतामा युवा ब्यवसायी ईद्रदेव पन्तले उम्मेदवारी दर्ता गराएका छन । चुनाव आउन एक दिन बाँकी रहदा संघको नेतृत्वको लागि उम्मेदवारहरु चुनावी माहोलमा होमिएका छन् । संघको ८र्औँ अधिवेशन तथा निर्वाचनले नयाँ नेतृत्व चयन गर्नेछ । शुक्रवारदेखि सुरु भएको अधिवेशनले अध्यक्ष बाहेक अन्य सबै पदाधिकारी सर्वसम्मत चयन गरेको छ ।

अध्यक्षका लागि पूर्वअध्यक्ष समेत रहनुभएका सुरेशसिंह थापा र पूर्व उपाध्यक्ष इन्द्रदेव पन्त चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । अध्यक्षका उम्मेदवार ईन्द्रदेव पन्तले व्यवसायीहरुको हकहित र अधिकारका पक्षमा काम गर्न आफूले उम्मेदवारी दिएको बताएका छन् । आफूले व्यवसाय क्षेत्रमा लामो अनुभव गरेकाले व्यवसायीक क्षेत्रमा देखिएका समस्या समाधानका लागि पहलकदमी गर्ने र उद्योग वाणिज्य संघलाई साझा संस्थाका रुपमा अघि बढाउने उनले बताए ।

अरु सबै पदमा सर्वसम्मत रुपमा पदाधिकारी चयन गर्न सघाएको बताउदै उनले आफूलाई अध्यक्षमा निर्वाचित गराउन सबै मतदातामा आग्रह गरे । यसअघि उवासंघको नेतृत्व गरेकाहरुलाई हेरिसकिएको बताउदै अबको नयाँ नेतृत्वमा आफूलाई जिताउन उनको आग्रह छ । अध्यक्षका लागि आइतवार बिहान ९ बजेदेखि अप्राहन्न ४ बजेसम्म मतदान हुने उद्योग वाणिज्य संघ दार्चुलाका कार्यकारी अधिकृत अमर महराले जानकारी दिए । उद्योग वाणिज्य संघको निर्वाचनमा लागि कुल ९५८ जना मतदाताले मतदान गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय