
दार्चुला, मंसिर ११। नेपाली कांग्रेसको दार्चुला जिल्ला सभापतिमा ललितसिंह बोहरा निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वीलाई दोब्बर बढी मतले पराजय गर्दै बोहरा सभापतिमा निर्वाचित भएका हुन् । जम्मा खसेको ९ सय ५६ मतमध्ये बोहरा ६२० मतका साथ विजयी भएको निर्वाचन समितिले जनाएको छ ।
उनीसँग प्रतिस्पर्धा गरेका अमरसिंह धामीले ३०९ मत प्राप्त गरे । बोहरा ३११ मतान्तरले विजयी भएका हुन् । नेपाली कांंग्रेस दार्चुलाको सातौँ जिल्ला अधिवेशनबाट उनले पुनः दोस्रो कार्यकाल सम्हालेका छन् ।
यस्तै उपसभापतिमा ललितसिंह ठगुन्ना ५४०, महादेव बडू ४८२, सचिवमा पुलेन्द्रबहादुर कार्कीले सबैभन्दा बढी मत ६६५, माधवराज भट्ट ४८२, सहसचिवमा राजु अवस्थी ५६९, राजेन्द्रप्रसाद जोशी ४२८ मत ल्याएर विजयी भएका छन् ।
यस्तै जिल्ला कार्यसमिति सदस्य खस–आर्य तर्फबाट इन्द्रसिंह डाँगा, कृष्णसिंह बोहरा, तुङ्गध्वजसिंह बोहरा, धनराज जोशी, नरबहादुर बम, शेरसिंह धामी, भानसिंह धामी, जिल्ला कार्यसमिति सदस्य गापा–नपाबाट नविन चन्द, बहादुर सिंह खत्री, अमरबहादुर विष्ट, गंगादत्त जोशी, जिल्ला कार्यसमिति सदस्य अपांगता अल्पसंख्यकमा दानी गिरी निर्वाचित भएका छन् ।
यसैगरी जिल्ला कार्यसमिति सदस्यमा करन सिंह धामी, भागरथी देवी धामी, दिलिप सिंह कार्की, सरस्वती कुँवर, बासुदेव बडू, हंसराज भट्ट, बिन्दु अवस्थी, भागरथी पाल, देवमा लोथ्याल, महेश सिंह ठेकरे, वीर सिंह धामी, हरिना भट्ट, अर्जुन ठगुन्ना, देउमती धामी र सन्जा धामी निर्विरोध निर्वाचित भएका छन् ।
जिल्ला कार्यसमिति सदस्य ९महिला० कलावती ठेकरे, माया भट्ट र शान्ती देवी धामी, ९दलित० मदनराम लुहार र श्याम सिंह सिनाल, आदिवासी जनजातिमा धिरन सिंह बुढाथोकी पनि निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
कूल १ हजार ४३ मतदातामध्ये ९५६ मत खसेको थियो । प्रदेश क्षेत्र क मा ५३८ र ख मा ४१८ मत खसेका थिए ।
को–को चुनिए महाधिवेशन प्रतिनिधिः मतसहित तल
नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत दार्चुलाको सातौँ जिल्ला अधिवशेनबाट २५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । महाधिवेशन प्रतिनिधि खुुलातर्फ सर्वाधिक ६ सय १७ मत ल्याएर जगदीश बहादुर पाल महाधिवेशन प्रतिनिधि चुनिएका छन् । निर्वाचन समितिका अनुसार हरक सिंह विष्ट ५२९, धिरेन्द्र साउँद ५२१, शम्भुप्रसाद जोशी ५०४, विक्रम सिंह धामी ४७६, गणेश राज भट्ट ४५५, महादेव बडू ४१८, केशर सिंह भण्डारी ३८५, दिलिप सिंह बुढाथोकी ३८५ र नरेन्द्र सिंह धामी ३०९ मत ल्याएर विजयी भए ।
महिला खुलातर्फ राजमति पाल ६८७, शान्ती देवी बम ६८७, ईश्वरी जोशी ६६९, यसोदा तिंकरी ५६७ विजयी भएका छन् । खस–आर्य समानुपातिक तर्फ करबीर बहादुर कार्की ४३५ गणेश दत्त बडू ४०२, सुरेन्द्र बहादुर बम ३८३, गोकर्ण बहादुर चन्द ३७६ र पदम राज पन्त ३४४ विजयी बने । खस–आर्य महिलातर्फ देवकी देवी बोहरा ५०७, सुना बोहरा ४९६, आनन्दी पन्त भट्ट ४१९ र सुना जोशी ४१५ विजयी भए । महाधिवेशन प्रतिनिधि दलित तर्फ गोवद्र्धन कोली सर्वसम्मत चुनिए । यस्तै अल्पसंख्यक÷अपांगता तर्फ चक्र सिंह ह्याकी ३२४ र बासुदेव सिंह ऐतवाल ३६५ विजयी बने ।
प्रदेशसभा सदस्य बम महाधिवेशन प्रतिनिधिमा पराजित
सुदूरपश्चिम प्रदेशसभा सदस्य नन्दाकुमारी बम महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन् । महाधिवेशन प्रतिनिधिमा दार्चुलाबाट महिला प्रत्यक्षतर्फ चार सिटका लागि पाँच जनाको प्रतिस्पर्धा भएकोमा बमले ४ सय ९० मात्र मत ल्याउदा पछि परेकी हुन् । महाधिवेशन प्रतिनिधिमा शैल्यशिखर नगरपालिकाकी उपमेयर राजमती पाल र शान्तिदेवी बमले समान ६८७÷६८७ मत ल्याएर विजयी भए । यस्तै दुहुँ गाउँपालिकाकी उपाध्यक्ष ईश्वरी जोशीले ६ सय ६९ र यसोधा तिंकरीले ५ सय ६७ मत ल्याएर विजयी भएका हुन् । महाधिवेशन प्रतिनिधिमा जनप्रतिनिधि, कानूनमन्त्री दिलेन्द्र प्रसाद बडूका पीए लगायत अन्य नेताहरु निर्वाचित भएका छन् ।