
दार्चुला, मंसिर ११। जिल्लाको लेकम गाउँपालिकामा सुसाइड नोट लेखेर एक १६ वर्षीय किशोरले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । आत्महत्या गर्नेमा लेकम गाउँपालिका वडा नम्वर ४ बुढाकोटका १६ वर्षीय किशोर सुदिप भाट रहेका छन । शुक्रबार घर नजिकैको खेतमा सुसाईड नोट सहित आत्महत्या गरेका हुन् ।
भाटले आत्महत्या गरेको ठाउँमै सुसाइड नोट लेखेर छोडेको पाइएको प्रहरीले जनाएको छ । आफुले पैसा नचोर्दा नचौर्दै पनि आफुलाई चोरको आरोप लगाएकोले चोरी नगरिकन चोर भनेको सहन नसकी आत्महत्या गर्न बाध्य भएको उल्लेख गरेका छन ।
करिब ५ पृष्ठ लामो सुसाइड नोटमा उनले आफ्नै गाउँको ४ जना मानिसको नाम खुलाएर आफू आत्महत्या गर्न बाध्य गर्ने उनै ४ जना दोषी भएको लेखेका छन् । आत्महत्या गरेकोमा प्रहरीले उजुरी लिएर घटनाको थप अनुसन्धान गरिरहेका छ । मृतक भाटको शव गोकुलेश्वर अस्पतालमा पोष्टमार्टम भएको र रिपोर्ट आएपछि आफन्तले शव बुझ्ने इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ ।