काठमाण्डौ, मंसिर १४ । नेकपा एमालेको अध्यक्षका उम्मेदवार भीम रावलले निर्वाचन परिणामलाई सहज रुपमा स्वीकार गर्ने बताउनु भएको छ ।

मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै रावलले पार्टीको नीति र सिद्धान्त बमोजिमको यो अभ्यासले लोकतन्त्रलाई बलियो बनाउने बताउनुभयो । यस्तै, उहाँले सदस्यता वितरण नवीकरण र प्रतिनिधि छनोटमा गलत काम भइरहेको पनि टिप्पणी गर्नु भएको छ ।

एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा रावल र अध्यक्ष केपी शर्मा ओलीबीच प्रतिस्पर्धा छ । अहिले अध्यक्ष, उपाध्यक्ष र सचिवसँगै विभिन्न क्लस्टरका केन्द्रीय सदस्यमा पनि मतदान हुँदैछ । महाधिवेशनले १९ सदस्यीय पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ ।

नयाँ नेतृत्वका लागि पदाधिकारीसहित केन्द्रीय समितिमा ३३३ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । उज्यालो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय