दार्चुला मंसिर १५ । जिल्लाको दुहुको गाउँपालिकाको वडा नम्वर १ मा रहेको आधारभुत विद्यालय सौतोलिको विद्यालय भवन पहिरोले भत्किएपछि कक्षा संचालन प्राङगडमा भैरहेको छ ।
कात्तिक पहिलो हप्ता परेको बेमौसमी बर्षा का कारण विद्यालय भवनकाे माथि वाट पहिरो आई क्षतबिक्षत ३ कोठे भवन पुर्ण रुपमा जिर्ण भएपछि अहिले विद्यार्थीहरुलाई विद्यालको प्राङगडमा राखि कक्षा सञ्चालन भैरहेको विद्यालयका प्रधानाध्यापक करन सिह कुवरले जानकारी दिए ।
अहिले विद्यालयमा रहेका २३ जना विद्यार्थीहरुलाई वाहिर प्राङगडमा राखेर कक्षा संचालन गरिरहेको भन्दै प्रधानाध्यापक कुवरले घामपानि परे कक्षा संचालनमा समस्या हुने जानकारी गराए ।
स्थानिय सरकार दुहुँ गाउँपालिकाले सम्पुर्ण विवरण भरी सुदुरपश्चिमको समाजिक विकास मन्त्रालमा कागज पत्र पठाईसकेको वताउनु भएको छ । वाढीको विवरण अन्तर्गत केन्द्र सरकार सम्म कागजपत्रहरु पुगिसेको बताउँदै दुहुँ गाउँपालिका शिक्षा शाखा प्रमुख हेमराज जोशीले पुन निर्माणमा सरकारले छिट्टै तदारुकता देखाउने र विद्यालयको भवन निर्माण हुने जानकारी दिए ।