दार्चुला, मंसिर १५ । भारतसँग सीमा जोडिएको दार्चुला सदरमुकाम खलंगाको पुलघाट नाकामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपालीहरुलाई आवतजावतमा कडाई गरेको छ ।
यहि मंसिर ११ गते शनिवार मात्रै पिथौरागढमा नेपाल–भारतका सीमावर्ती जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेको थियो । त्यसको एक हप्ता नवित्दै (एसएसबी) माथिको आदेश भनेर तिनपुस्ता सम्मको विवरण राख्दै आईरहेका छ ।
जिल्लाको पुल घाट नाकामा एसएसबीले परिचय खुल्ने कागजात नभए नाका बाटै फर्काउन थालेको छ ।
दार्चुलावाट धारचुला आवत जावत गर्दा ‘माथिको आदेश भन्दै’ एसएसबीले घण्टौं लाइनमा उभ्याउने र तीन पुस्ते इन्ट्री गराउन थालेको छ ।

(एसएसबी) समय समयमा अनौठा अनौठा नियम लगाउदै आएको छ । कहिले कोरानाको नाममा त कहिले ‘उपरका आदेश’ भन्दै सताउने गरेको छ । स्थानीय प्रशासन दार्चुलाले भने यो वारे वुझ्न वुधवार सशस्त्र प्रहरी नेपाल नम्वर ४४ हेडक्वाटर दार्चुलाका एस.पि नरेन्द्र वंमलाई सिमामा पठाएको थियो । जवाफमा भारतिय सिमा शुरक्षा वल एसएसवीले शुरक्षा संवेदनशिलता र कोरोनाका कारण ब्यवस्थित गर्न खोजिएको भन्ने जवाफ दिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए ।
निरन्तर रुपमा कुटनितिक वार्ता भैरहेको भन्दै प्र.जि.अ जोशीले अवको एक दुई दिनमा समस्या सामाधान हुने वताए ।
चार दिन अघि मात्रै सम्पन्न बैठकमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले देउडामै समस्या दर्शाएका थिए । तर, एसएसबीले भने आफ्नो व्यवहार सुधार गर्नुको सट्टा झन कठोर नियम ल्याउन थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय