दार्चुला, मंसिर १५ । आज विश्व एड्स दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ । असमानता हटाऔँ एड्स अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ ३४ औँ विश्व एड्स दिवस मनाइएको हो । नेपालमा ३० लाख बढी एचआइभी सङ्क्रमित रहेका छन्। जसमध्ये दार्चुलामा एचआइभी संक्रमितहरुको संख्या बढदै गइरहेको छ ।

हाल जिल्ला अस्पतालबाट ४० जना संक्रमितहरुले एआरटी सेवा लिइरहेको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।
सेवा लिनेहरु मध्ये १८ जना पुरुष, २० जना महिला तथा २ जना १६ वर्ष मुनिका वालवालिका रहेका छन् । ४० जना मध्ये पनि ५ जनाको एचआइभी एड्सकै कारण मृत्यु भइसकेको बताएका छन ।

चालु आर्थिक वर्षको हाल सम्म दार्चुलामा एचआइभी संक्रमित नभेटिएको पाइएको छ । दार्चुलामा संक्रमितहरुको संख्या बढ्नुको मुख्य कारण असुरक्षित यौनसम्पर्क रहेको जानकारहरु बताउँछन् । भारतसंग सीमाना जोडिएकाले पनि दार्चुलामा एचआइभीको जोखिम झन बढेको हो । साथै संक्रमितहरुलाई हेर्ने समाजको दृष्टिकोण परिवर्नत नहुँदा संक्रमितहरु खुल्न नसकेको पाइएको छ ।

दार्चुलामा रहेका सयौं संक्रमितहरु विभिन्न कारण खुल्न नसक्दा दार्चुलामा एचआइभी नियन्त्रण चुनौती बन्दै गएको छ । विशेष गरी वैदेशिक रोजगारीको सिलसिलामा नेपालबाट कामदारका रूपमा जाने पुरुषहरूमा एचआईभी सङ्क्रमण बढी भएको पाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय