काठमाण्डौ, मंसिर १६ । नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन स्थगित गरेको छ । केन्द्रीय निर्वाचन समितिले आज विज्ञप्ति निकालेर अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन स्थगित गरिएको जानकारी दिएको हो ।

बाँकी रहेका जिल्लामा १४ औँ महाधिवेशनपछि मात्रै अधिवेशन गर्ने निर्णय भएको छ । कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत अहिलेसम्म ६१ जिल्लामा जिल्ला अधिवेशन सकिएको छ । कांग्रेसको सात वटै प्रदेशमा आज एकैसाथ प्रदेश अधिवेशन सुरु हुँदैछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय