धनगढी मंसिर १६। धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४६ नमुना परिक्षण गर्दा थप ६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै २४ घण्टामा अस्पतालमा थप एक जना नयाँ कोरोना संक्रमित विरामी भर्ना भएका छन । हाल अस्पतालमा ८ जना संक्रमित विरामीको उपचार भइरहेको छ । जसमध्ये ७ जनाको आइसियु र १ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएको छ । धनगढी खबर

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय