
काठमाडौँ, १६ मङ्सिर। नेकपा माओवादी केन्द्र्को स्थायी किमिटिको बैठक सुरु भएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक शुरु भएको माओवादी केन्द्रका स्थायी समिति सदस्य लीलामणि पोख्रेलले जानकारी दिए । आजको बैठकमा पार्टीको सम्मेलन प्रस्तुत गरिने पार्टीका विधान, प्रतिवेदन, सम्मेलनको व्यवस्थापन, प्रतिनिधि छनोटको मापदण्ड लगायतका विषयमा छलफल हुनेछ बुझिएको छ।
बैठकमा पार्टीको आसन्न राष्ट्रिय सम्मेलनका विषयमा छलफल हुने जनाइएको छ । माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आगामी पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ। रिपोर्टर्स नेपाल