दार्चुला मंसिर १६ । महाकाली नगरपालिकाको वडा नम्वर ३ मा रहेको हुस्कर माध्यमिक विद्यालय काटैको १२ कोठे विद्यालय भवनको शिलान्यास गरिएको छ । महाकाली नगरपालिकाका प्रमुख हंशराज भट्टले बिहिवार उक्त विद्यालय भवनको शिलान्यास गर्नु भएको विद्यालयका शिक्षक देवदत्त भट्टले जानकारी दिए ।
शिलान्यास गर्दै नगरप्रमुख भट्टले निर्माणको जिम्मा पाएको निर्माण कम्पनिलाई प्राविधिक मुल्याङकन अनुसार काम छिटो गर्न आग्रह गर्नु भएको छ । समयाअवधि अगाडि नै निर्माणको कार्य सम्पन्न गर्न निर्देशन दिनु भएको छ ।
महाकाली नगरपालिकाको २ कोरोड ८२ लाख रुपैयाको वजेटमा उक्त विद्यालय भवन निर्माण हुन लागेको हो । उक्त भवनको निर्माणको जिम्मा राजेन्द्र नमस्कार सिद्धनाथ जेवीले पाएको छ ।
गत आर्थिक वर्षको जेठ महिनामा सम्झौता गरेको कम्पनिको समयाअवधि २०७९ साल असार मसान्त सम्म रहेको महाकाली नगरपालिकाका सव ईन्जिनियर राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
तिन तलामा १२ कोठा निर्माण हुने भएका छन । एक महिला र एक पुरुष गरी २ शौचाल निर्माण गरिने छ । निर्माण सम्झौता मिति लामो भएका कारण निर्माण ब्यवसायीले समयमै सम्पन्न गर्ने जनाएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs