काठमाण्डौ,मंसिर १७ । कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक भएको छ। परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माकाअनुसार ३ लाख ७४ हजार १५ परीक्षार्थीमध्ये ७ हजार ६३ जनाले ‘ए’ प्लस ल्याएका छन् । यस्तै, ४८ हजार २ सय ३९ जनाको ग्रेड ‘ए’ आएको छ ।

७० हजार १ जनाले ‘बी’ प्लस र ९९ हजार ५३७ परीक्षार्थीले ‘बी’ ग्रेड ल्याएका छन् । त्यसैगरी ‘सी’ प्लस ल्याउनेको सङ्ख्या ७५ हजार ८८ र ‘सी’ ग्रेड ल्याउनेको सङ्ख्या २४ हजार ५ सय १५ जना रहेको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार ‘डी’ प्लस ल्याउने परीक्षार्थी ३ हजार ८७५ रहेका छन् भने ‘डी’ ल्याउने परीक्षार्थी २९६ जना छन् ।

१० हजार ७३ परीक्षार्थीले ‘ई’ ग्रेड ल्याएका छन् । परीक्षामा सहभागीमध्ये ४६ जना परीक्षार्थीको सम्पूर्ण विषयको परीक्षा रद्द गरिएको छ भने चार जना परीक्षार्थीलाई आउँदो एक वर्षसम्म बोर्डको कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गरिएको बोर्डले जनाएको छ ।

परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट http://www.neb.gov.np, नेपाल टेलिकमको वेबसाइट http://neb.ntc.net.np  मा गएर हेर्न सकिन्छ ।

यस्तै, एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि लभद लेखेर एक स्पेस दिइ आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नम्बरमा पठाउन सकिनेछ । यस्तै १६०१ नम्बरमा फोन गरेर पनि नतिजा थाहा पाउन सकिने छ । गएको भदौ ३० गतेदेखि असोज ८ गतेसम्म १२ कक्षाको परीक्षा भएको थियो । उज्यालो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय