
दार्चुला, मंसिर १७ । जिल्लाको ब्याँस गाउँपालिका–१ तिंकर र छाङरुमा हिमपात भएको छ । बुधबारबाट मौसममा आएको खराबी र विहीबार राती भएको वर्षाका कारण तिंकर र छाङरु गाउँमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
हिमपात हुन थाले पछि तिंकरको प्रहरी चौकी यस अघि नैै सितापुल झरीसकेको छ । तिंकर र छाङरुमा हिमपात भएपछि सदरमुकाम खलंगा लगायतका स्थानमा चिसो बढेको छ । हिमपात भएपछि त्याहाको जनजिवन कष्टकर भएको प्रहरीले जनाएको छ । अहिले पनि तिंकरमा हिमपाती जारी रहेको जनाइएको छ ।