
मनिसा विष्ट, ब्याँस, मंसिर १७ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ब्याँस गाउँपालिकाको प्रथम पालिका सम्मेलन सम्पन्न भएको छ । शुक्रवार माओवादी केन्द्र पार्टीका सुदुरपश्चिम प्रदेश सह इन्जार्ज लक्ष्मण दत्त जोशी को प्रमुख आतिथ्यतामा सम्पन्न पालिका अधिवेशनका विशिष्ट अतिथि सुदुरपश्चिमका उद्योग प्रर्यटन वन तथा बाताबरण मन्त्री मान बहादुर धामी रहनु भएको थियो ।
सम्मेलनवाट बिपिन सिह कुवर पालिका अध्यक्ष, उपाध्यक्ष पान सिह कुवर धन सिह कुबर रमेश राम टमाटा र सचिब बिरेन्द सिह धामि लगायतको ५५ जनाको कमिटि गठन गरिएको छ । पालिका सम्मेलन कार्यक्रमका प्रमुख अतिथि र विशिष्ट अतिथि लगायतका नेताहरु गाडीको वाटो खराव भएका कारण सामान ढुवानी गर्ने ट्याक्टरमा ब्याँस गाउँपालिकाको केन्द्र सुन्सेरा पुगेका थिए ।