काठमाण्डौ, मंसिर १८, । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको एकता महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान चलिरहेको छ । काठमाण्डौको भृकुटीमण्डपमा दिउँसो १२ बजेदेखि मतदान सुरु भएको हो।

बिहान आठ बजेदेखि नै मतदान सुरु हुने कार्यतालिका भए पनि ढिलाइ भएको थियो । बेलुका ५ बजेसम्म मतदान हुनेछ । मतदानमा अध्यक्ष पदका लागि मतपत्र र पदाधिकारी एवं सदस्यका लागि विद्युतीय मेसिनको व्यवस्था छ।

८६ वटा मेसिनबाट मतदान गर्ने व्यवस्था मिलाएको राप्रपाले जनाएको छ । अध्यक्षसहित १ सय ९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २ सय ६६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देन प्रतिस्पर्धामा हुनुहुन्छ ।

झण्डै दुई वर्ष अगाडि राप्रपा र राप्रपा संयुक्त को एकतापछि पहिलो पटक महाधिवेशन भैरहेको हो । महाधिवेशनमा देशभरबाट चार हजार सात सय प्रतिनिधि सहभागी भएका छन् । उज्यालो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय