दार्चुला, मंसिर १८ । जिल्लाको दुहुँ गाउँपालिकामा भाद्र १३ गते रातिको अविरल बर्षा सँगै आएको विनाशकारी वाढी र पहिरोवाट प्रभावित परिवारलाई महेन्द्र नमुना माध्यामिक विद्यालयले आर्थिक सहयोग गरेको छ । शिक्षाको क्षेत्रमा जिल्लामै उत्कृष्ट शैक्षिक केन्द्र वनाउन सफल महेन्द्र नमुना माध्यामिक विद्यालय खंलगाले बाढी पहिरोबाट प्रभावित दुहुँ गाउँपालिकाका पीडित परिवारलाई १४ हजार ४ सय ३० रुपैयाँ सहयोग गर्नुभएको छ ।
दुहु गाउँपालिकाको बाढिपिडित हरुलाइ सहयोग संकलन समितीका अध्यक्ष लोकेन्द्र बहादुर बम मार्फत नगद रकम सहयोग गर्नु भएको हो । बिपदको बेला सानै भएपनि पिडितहरुको दुखेको घाउँमा मलम लगाउने प्रयास विद्यालय परिवारले गरेको प्रधानाध्यापक रामदत्त जोशीले जानकारी दिए । विपदको वेला सहयोग गरेको भन्दै दुहु गाउँपालिकाको बाढिपिडित हरुलाइ सहयोग संकलन समितीले विद्यालय परिवार लगायत प्रधानाध्यापकलाई धन्यवाद दिनुभएको छ ।