दार्चुला, मंसिर १९ । विभिन्न मुद्दामा लगत रही फरार रहेका प्रतिवादीहरुबाट १ सय ७७ वर्ष ४ महिना १ दिन कैद तथा २ करोड ३१ लाख ४३ हजार ३ सय ५४ रुपैया जरिवाना असुल गर्न बाकी रहेको दार्चुला जिल्ला अदालतले जनाएको छ । अदालतका श्रेष्तेदार कौशल ज्ञावलीका अनुसार नेपाल सरकार बादी रहि वि।स। २०४१ साल चैत १३ गते देखी २०७८ असार ३१ गते सम्मका विभिन्न मुद्दामा लगत रही फरार रहेका प्रतिवादीहरुबाट कैद र जरिवाना भुक्तान गर्न बाकी रहेको छ ।
दार्चुला जिल्ला अदालतमा २०४१ साल देखी २०४७, २०४९ र २०६० साल सम्ममा कर्तव्य ज्यानका मुद्दा दर्ता भएका छन् । त्यस बखतमा दर्ता भएका कर्तव्य ज्यान अन्तरगत मुद्दाका प्रतिवादीहरु फरार रहेको अदालतले जनाएको छ । त्यसपछिका वर्षहरुमा नकवजनी चोरी, जबरजस्ती करणी, कुटपिट, लुटपाट, गाली बेइज्जती, मावन बेचबिखन ओसार पसार, हाडनाता करणी, डाँका, हतियार खरखजना, बैंकिङ्ग कसुर, सवारी ज्यान, ठगी, बहुबिवाह, भ्रष्टाचार र लागु औषध सम्बन्धिका मुद्दाहरु दर्ता भएको जनाइएको छ ।
वि।स। २०४१ साल चैत १३ गते देखी २०७८ असार ३१ गते सम्म दर्ता भएका ४६ थान मुद्दाका प्रतिवादीहरु फरार रहेको अदालतले जनाएको छ । अदालतले यस वर्ष ५ वर्ष ७ महिना १९ दिन कैद तथा ६८ हजार २ सय रुपैया जरिवाना असुल गरेको श्रेष्तेदार ज्ञावलीले जानकारी दिनुभयो । अदालतले सबै भन्दा बढी बैंकिङ्ग कसुर सम्बन्धिका मुद्दामा जरिवाना असुल गर्न बाकी रहेको जनाएको छ । फरार रहेका प्रतिवादी ब्याँस गाउँपालिका–२ दुम्लिङका प्रभाकर बुढाथोकीबाट अदालतले १ करोड ८६ लाख ३९ हजार ७ सय ५० रुपैया जरिवाना असुल गर्न बाकी रहेको जनाएको छ ।
यस्तै लेकम गाउँपालिका–६ तिउनेगाँउका मदन नाथबाट ८ लाख ७५ हजार, शैल्यशिखर नगरपालिका–५ आगर ईस्वर सिंह रावलबाट २ लाख ९६ हजार ७ सय, नौगाड गाउँपालिका–४ का लाल सिंह ठगुन्नाबाट ७२ हजार, ब्याँस गाउँपालिका–६ हुतीका दिनेश सिंह कुवरबाट २ लाख, महाकाली नगरपालिका–१ छापरीका गौमती टमटाबाट ८ लाख ५० हजार, नौगाड गाउँपालिका–५ सिप्टीका गणेश सिंह ठगुन्नाबाट ९ लाख ५५ हजार ८ सय ४० र महाकाली नगरपालिका–९ दत्तुका दिपक सिंह सामन्तबाट २ लाख ५० हजार गरी कुल २ करोड, २१ लख ३९ हजार २ सय ९० रुपैया जरिवाना असुल गर्नुपर्ने अदालतले जनाएको छ । Dfm

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय