
दार्चुला, मंसिर १९ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दार्चुलाले आयोजना गरेको गाउँघर क्लिनिक तथा नसर्ने रोग व्यवस्थापन कार्यक्रमबाट महाकाली नगरपालिका वडा नम्बर ७ र ८ का १ सय ४७ जनाले सेवा लिएका छन् । वडा नम्बर ७ को कार्यालय धापमा आज आयोजना गरिएको कार्यक्रमबाट ५४ जना पुरुष र ९३ जना महिलाले सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दार्चुलाका निमित्त कार्यालय प्रमुख रंगलाल महतले जानकारी दिनुभयो ।
कार्यालयको वार्षिक कार्यक्रम अनुसार धापमा गाउँघर क्लिनिक तथा नसर्ने रोग व्यवस्थापन कार्यक्रम गरिएको उहाले बताउनुभयो । गाउँघर क्लिनिकबाट सेवाग्राहीलाई बातब्याधी, अम्लपित्त, उच्चरक्त चाप स्वासप्रस्वास, स्त्रीरोग लगायत नसर्ने रोगहरुको चेकजाँच गरिएको तथा औषधि वितरण गरेको उहाले बताउनुभयो । कार्यक्रम महाकाली नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष दिनेशराज जोशीको अध्यक्षता तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त कार्यालय प्रमुख रंगलाल महतको प्रमुख आतिथ्यततामा भएको थियो । यो कार्यक्रम अब देखि प्रत्येक महिनाको १९ गते वडा कार्यालय धापमा चल्ने कार्यालयले जनाएको छ ।