प्रेमराज जोशी, दार्चुला मंसिर २० । जिल्लामा बेमौसमी बर्षाका कारण यो आर्थिक बर्ष महको उत्पादनमा कमी आउने कृषि ज्ञान केन्द्र दार्चुलाले जनाएको छ । यो आर्थिक बर्षको असोजको महिना चिउरीको फुल फुल्ने समयमा भारी बर्षा परेका कारण चिउरीको मह मोरीहरुले संकलन गर्न सकेका छैनन । त्यस्तै गरी कात्तिक पहिलो हप्ताको बेमौसमी बर्षाका कारण र आज भोली तोरीको फुल फुल्ने समयमा भएको निरन्तर बर्षाका कारण मौरीको महमा गत आर्थिक बर्षको भन्दा निकै कमी आउने अनुमान गरिएको कृषि ज्ञान केन्द्र दार्चुलाका प्रमुख प्रकाश पन्तले जानकारी दिए ।

गत आर्थिक बर्षमा जिल्लामा ५२ मेट्रिकटन मह उत्पादन भएको कार्यालयको तथ्याङक छ । जिल्लाको लेकम गाउँपालिका वडा नम्वर २ र १, त्यसै गरी मालिकार्जुन गाउँपालिकाको वडा नम्वर १, शैल्यशिखर नगरपालिकाको वडा नम्वर २ र ३ र नौगाड गाउँपालिकको वडा नम्वर ६ मा मौरीको मह उत्पादन हुँदै आईरहेको छ । गत आर्थिक बर्ष जिल्लामा मौरीको महको माग भन्दा बढी उत्पादन भएकाले २ सय क्युईन्टल वाहिरी जिल्ला पठाएको कार्यालयले जनाएको छ ।

अहिले बजारमा मौरीको महको मुल्य १ हजार देखी १२ सय सम्म रहेको छ । यो आर्थिक बर्ष मुख्य मन्त्री नमुना गाउँ कार्यक्रम अन्तर्गत जिल्लाको मालिकार्जुन गाउँपालिकाको वडा नम्वर १ र लेकम गाउँपालिकाको वडा नम्वर ३ मा मौरीको मह उत्पादन कार्यक्रम लागु हुने भएको छ । जिल्लामा ७÷८ सयको हाराहारीमा किसानहरुले मौरीको मह उत्पादन गरिरहेका छन । जिल्ला भरी ६ हजारको हाराहारीमा आधुनिक घारहरु रहेको कार्यालयले जनाएको छ । मालिकार्जुन गाउँपालिकाको वडा नम्वर १ मा मौरीको मह प्रशोधन केन्द्र केहि समय अगाडि नै स्थापना भएपनि मह प्रशोधन हुन सकेको छैन । उपभोक्ताको रुची प्रशोधन नगरीएकै मह हुने भएकाले प्रशोधन हुन नसकेको कार्यालय प्रमुख पन्तले जानकारी दिए ।

उपभोक्ता प्रशोधित महमा केहि मिसावट हो की भन्ने शंका गर्ने र बजारमा बिक्रिको लागि समस्या हुने भएकाले प्रशोधनलाई कार्यालयले त्यति प्राथमिकतामा नराखेको पन्तको भनाई छ । कार्यालयले अहिले दार्चुलेली मह नाम गरी प्याकिङ पाकेट किसानहरुलाई वितरण गर्दै आईरहेको छ । मौरीको महवाट भिटामीन के पाईन्छ । मौरीको मह सेवनले चिसोवाट बचाउने, खाना पचाउने हड्डीहरुलाई समेत बलियो बनाउने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय