
दार्चुला, मंसिर २० । दुहुँ गाउँपालिकाको एम्बुलेन्स जिल्ला अस्पताल दार्चुलालाई हस्तान्तरण गरिने भएको छ । दुई बर्ष पहिले सुदुरपश्चिम सरकारको सामाजिक विकाश मन्त्रालयवाट दुहुँ गाउँपालिका लाई प्राप्त एम्बुलेन्स पौस पहिलो हप्ता जिल्ला अस्पताल दार्चुलालाई हस्तान्तरण गरिने दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
गाउँपालिकाको केन्द्र सम्मको सडक उक्त एम्बुलेन्सका लागि उपयुक्त नभएका कारण गाउँपालिकाको काम विहिन वन्न पुगेको भन्दै अध्यक्ष कार्कीले जिल्ला अस्पताललाई हस्तान्तरण गरिने वताए ।
एम्बुलेन्समा केहि समस्या आएको र धनगढीवाट सामान आईपुग्ने वित्तिकै निर्माण हुने र हस्तान्तरण गरिने अध्यक्ष कार्कीले वताए ।
कोभिड १९ को बेला जिल्लाभरीका नागरीकहरुको लागि प्रयोगमा आएको भन्दै अहिले ४÷५ महिना मात्रै केहि थोरै विग्रेका कारण वन्द अवस्थामा रहेको कार्कीको भनाई छ ।
भारतमा चल्ने सामान वोक्ने ट्याक्टरको एम्बुलेन्स वनाएर पठाएकोले दार्चुला सदरमुकाम खलंगावाट धनगढी सम्म ८० लिटर तेल खर्च हुने र बढी खर्चिलो भएका कारण काम बिहिन वन्न पुगेको छ ।