एजेन्सी, मंसिर २२ . भारतको तलिमनाडुको कुन्नुरको जंगलमा बुधबार सेनाको एमआई–१७ हेलिकप्टर दुर्घटना भएको छ । घना जंगलमा भएको दुर्घटनापछि हेलिकप्टरमा आगलागी भएको थियो । यसमा चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत, उनकी पत्नी मधुलिका समेत सेनाका १४ अफिसर सवार थिए ।

हालसम्म ४ जनाको शव बरामद भएको छ । शव नराम्रोसँग जलेको अवस्थामा भेटिएको छ । तीन जना घाइतेलाई अस्पताल लगिएको डीडी न्युजलाई उद्धृत गर्दै बीबीसी हिन्दीले भनेको छ । रावतलाई भने गम्भीर हालतमा वेलिङटन सैन्य अस्पताल लगिएको बताइएको छ । उनको स्थितिबारे थप जानकारी दिइएको छैन ।

अल इन्डिया रेडियोका अनुसार रक्षामन्त्री राजनाथ सिंहले घटनाबारे संसद्लाई जानकारी दिनेछन् । रावत सन् २०२० जनवरी १ मा देशको पहिलो चिफ अफ डिफेन्स स्टाफ नियुक्त भएका थिए । वायु सेनाले घटनाको कारण पत्ता लगाउन जाँचको आदेश दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय