दार्चुला मंसिर २२ । महाकाली नगरपालिकाको वडा नम्बर १ छापरी , २ सेँला र ९ दत्तुको गत आर्थिक बर्ष २०७७÷०७८ को दोस्रो र तेस्रो चौमासिकको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । महाकाली नगरपालिकाको आयोजना तथा संचार विकास केन्द्र दार्चुला द्धारा संचालित सामुदायिक रेडियो दार्चुला एफ एमको सहजीकरणमा बुधबार सार्वजनिक सुनुवाई गरिएको हो ।
वडा नम्बर ९ का वडा अध्यक्ष हर सिह डाँगाको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा ४ जनाले सुझाव, सल्लाह एवं जिज्ञासा राखेका थिए । कार्यक्रममा २५ जनाको सहभागीता रहेको थियो । गत वर्षका सबै जसो योजनाहरु सम्पन्न भइसकेको कार्यालयले जनाएको छ ।
यस्तै वडाबाट १३४ जना गैर दलित जेष्ठ नागरीक, २४ जना दलित जेष्ठ नागरिक, ५ जना पूर्ण अपाङ्ग, २ जना आशिंक अपागं, ५६ जना विधुवा महिला तथा १५ बालवालिकालाई वाल संरक्षण अनुदान तर्फको सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडा सचिव पुस्कर कार्कीले जानकारी दिनुभयो । पञ्जिकरण सेवा तर्फ दोस्रो र तेस्रो चौमासिकको अवधिमा ९५ जनाको जन्मदर्ता, १२ जनाको मृत्यु दर्ता, १३ जोडीको विवाह दर्ता तथा ६ परिवारले बसाई सराई गरेका छन् ।
वडा कार्यालयले दोस्रो र तेस्रो चौमासिकको अवधिमा २ लाख १६ हजार ८ सय ५९ रुपैँया राजश्व संकलन गरेको जनाएको छ ।
बुधवारनै वडा नम्वर २ को सार्वजनिक सुनवाई कार्यक्रम सम्मपन्न भएको छ । वडा नम्बर २ का वडा अध्यक्ष गौर सिह साहुको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सम्पन्न भएको छ । गत वर्षका सबै जसो योजनाहरु सम्पन्न भइसकेको कार्यालयले जनाएको छ ।
यस्तै वडाबाट १०६ जना गैर दलित जेष्ठ नागरीक, ३१ जना दलित जेष्ठ नागरिक, ३ जना पूर्ण अपाङ्ग, ७ जना, विधुवा महिला ५३ बालवालिकालाई वाल संरक्षण अनुदान तर्फ १९ जनाको सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडा धिरेन्द्र सिह ऐतवालले जानकारी दिनुभयो । पञ्जिकरण सेवा तर्फ दोस्रो र तेस्रो चौमासिकको अवधिमा १२१ जनाको जन्मदर्ता, १३ जनाको मृत्यु दर्ता, १३ जोडीले विवाह दर्ता गरेका छन् । वडा कार्यालयले दोस्रो र तेस्रो चौमासिकको अवधिमा १ लाख ५० हजार २ सय ५ रुपैँया राजश्व संकलन गरेको जनाएको छ ।
यस्तै वडा नम्वर १ को सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर १ का वडा अध्यक्ष कल्यान सिह कुवरको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा ४ जनाले सुझाव, सल्लाह एवं जिज्ञासा राखेका थिए । कार्यक्रममा ५३ जनाको सहभागीता रहेको थियो । गत आर्थिक वर्षमा संचालित सवै योजनाहरु सम्पन्न भएको वडा कार्यालयले जनाएको छ ।
यस्तै वडाबाट १०७ जना गैर दलित जेष्ठ नागरीक, ३५ जना दलित जेष्ठ नागरिक, ५ जना पूर्ण अपाङ्ग, १२ जना, विधुवा महिला ९५, एकल महिला २ र बालवालिकालाई वाल संरक्षण अनुदान तर्फ ३४ जनाको सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।
पञ्जिकरण सेवा तर्फ दोस्रो र तेस्रो चौमासिकको अवधिमा ६५ जनाको जन्मदर्ता, १७ जनाको मृत्यु दर्ता, १४ जोडीले विवाह दर्ता र १४ परिवारले वसाई सराई गरेका छन् ।
गत आर्थिक वर्षमा द्रोस्रो र तेस्रो चौमासिकवाट १ लाख ३२ हजार ८ सय ३५ रुपैया राजश्व संकलन भएको छ । भोलि (विहिवार) वडा नम्बर ३ वाँज, ६ निसिल र ७ असिगाडाको सार्वजनिक सुनुवाइ गरिने आयोजकले जनाएको छ ।