दार्चुला, मंसिर २३ । सहायक प्रमुख जिल्ला अधिकारी जोत्स्ना भट्ट जोशी को विदाइ गरिएको छ । जिल्ला प्रशनसन कार्यालय दार्चुलाबाट अद्यागमन विभाग काठमाण्डौँ सरुवा भएपछि दार्चुलाबाट बिहिवार औपचारीक कार्यक्रमका विच विदाइ गरिएको हो ।

मन्त्रालयबाट दार्चुला आउनुभएका सहायक प्रमुख जिल्ला अधिकारी भट्ट जोशीको एक बर्ष दुई महिना दार्चुला बसाइपछि सरुवा हनुभएको हो ।
कार्यक्रममा जिल्ला स्थित कार्यालयका कार्यालय प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु लगायतको सहभागिता रहेको थियो । दार्चुलाको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी मोहनसिह धामीलाई दिइएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

कर्मचारी मिलन केन्द्र दार्चुलाका अध्यक्ष अमर सिंह धामीको अध्यक्षतामा आयोजित कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी मोहन सिंह धामीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमका सहभागिहरुले मायाको चिनो प्रदान गरी विदाई गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय