दार्चुला मंसिर २३ । महाकाली नगरपालिकाको वडा नम्बर ३ बाँज, ८ असिगाडा र ६ निशिलको आर्थिक बर्ष २०७७÷०७८ को दोस्रो र तेस्रो चौमासिकको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । महाकाली नगरपालिकाको आयोजना तथा संचार विकास केन्द्र दार्चुला द्धारा संचालित सामुदायिक रेडियो दार्चुला एफ एमको सहजीकरणमा बिहिबार सार्वजनिक सुनुवाई गरिएको हो ।
वडा नम्बर ३ का वडा अध्यक्ष पदम सिह महरको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा ५ जनाले सुझाव, सल्लाह एवं जिज्ञासा राखेका थिए । कार्यक्रममा ३० जनाको सहभागीता रहेको थियो । गत आर्थिक वर्षका सबै जसो योजनाहरु सम्पन्न भइसकेको कार्यालयले जनाएको छ ।
यस्तै वडाबाट १०१ जना गैर दलित जेष्ठ नागरीक, ३ जना दलित जेष्ठ नागरिक, १० जना पूर्ण अपाङ्ग, ३ जना आशिंक अपागं, एकल महिला ३३ जना, विधुवा महिला २९ जना तथा ६ बालवालिकालाई वाल संरक्षण अनुदान तर्फको सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडा सचिव दिपकराज अवस्थीले जानकारी दिए । पञ्जिकरण सेवा तर्फ दोस्रो र तेस्रो चौमासिकको अवधिमा ७८ जनाको जन्मदर्ता, ११ जनाको मृत्यु दर्ता, २४ जोडीको विवाह दर्ता तथा १० परिवारले बसाई सराई गरेका छन् ।
वडा कार्यालयले दोस्रो र तेस्रो चौमासिकको अवधिमा १ लाख ६५ हजार ६ सय १ रुपैँया राजश्व संकलन गरेको जनाएको छ ।
बिहिवारनै वडा नम्वर ८ को सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर ८ का कार्यवाहक वडा अध्यक्ष जैलसिह धामीको अध्यक्षतामा सार्वजनिक सुनुवाई कार्यक्रममा सम्पन्न भएको हो । यस्तै वडाबाट ९२ जना गैर दलित जेष्ठ नागरीक, २२ जना दलित जेष्ठ नागरिक, ४ जना पूर्ण अपाङ्ग, ११ जना आंशिक अपाङ्ग, ३९ जना विधुवा महिला र ३२ जना बालवालिकालाई वाल संरक्षण अनुदान तर्फ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडा सचिव श्याम सिह धामीले जानकारी दिए ।
पञ्जिकरण सेवा तर्फ दोस्रो र तेस्रो चौमासिकको अवधिमा ३८ जनाको जन्मदर्ता, १७ जनाको मृत्यु दर्ता, ९ जोडीले विवाह दर्ता गरेका छन् । वडा कार्यालयले दोस्रो र तेस्रो चौमासिकको अवधिमा १ लाख ६३ हजार ४ सय ६२ रुपैँया राजश्व संकलन गरेको जनाएको छ । गत बर्षका सवैजसो योजनाहरु सम्पन्न भैसकेको वडा कार्यालयले जनाएको छ ।
यस्तै वडा नम्वर ६ को सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर ६ का वडा अध्यक्ष चक्र सिह बोहराको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा ६ जनाले सुझाव, सल्लाह एवं जिज्ञासा राखेका थिए । कार्यक्रममा ४० जनाको सहभागीता रहेको थियो । गत आर्थिक वर्षमा संचालित सवै योजनाहरु सम्पन्न भएको वडा कार्यालयले जनाएको छ ।
यस्तै वडाबाट ७२ जना गैर दलित जेष्ठ नागरीक, २० जना दलित जेष्ठ नागरिक, २ जना पूर्ण अपाङ्ग, आंशिक अपाङ्ग, ९ जना एकल विधुवा महिला १५ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडा सचिव विष्णु दत्त बडूले जानकारी दिए ।
पञ्जिकरण सेवा तर्फ दोस्रो र तेस्रो चौमासिकको अवधिमा ५९ जनाको जन्मदर्ता, १० जनाको मृत्यु दर्ता, २० जोडीले विवाह दर्ता र ४ परिवारले वसाई सराई गरेका छन् ।
गत आर्थिक वर्षमा द्रोस्रो र तेस्रो चौमासिकवाट १ लाख ४ हजार ८ सय ३६ रुपैया राजश्व संकलन भएको छ । भोलि (शुक्रवार) वडा नम्बर ४ को खलंगा, ५ गल्फै र वडा नम्वर ७ धापको सार्वजनिक सुनुवाइ गरिने आयोजकले जनाएको छ ।